add

शनिबारबाट रसुवागढी नाका पूर्ण रुपमा सूचारु हुने, पर्यटक समेत आवतजावत गर्न सक्ने






ActPro Nepal

|

१६ चैत, २०७९

|
281

काठमाडौं । उत्तरी छिमेकी चीन कोरोनाभाइरसको महामारीपछि लामो समय बन्द रहेको र अहिले आंशिक रूपमा चलिरहेको रसुवागढी नाका पूर्ण रूपमा चल्ने भएको छ ।

बुधबार चीनको स्वशासित क्षेत्र तिब्बतको राजधानी ल्हासामा भएको सीमा, व्यापार र सहयोगसम्बन्धी नेपाल–चीन समन्वय संयन्त्रको पहिलो बैठकमा आगामी अप्रिल १ (चैत १८) देखि रसुवागढी–केरूङ नाका पूर्ण रूपमा सञ्चालन गर्ने सहमति भएको हो।

ल्हासास्थित नेपाली महावाणिज्य दूतावासले दिएको जानकारीअनुसार सिन्धुपाल्चोकको तातोपानी नाका पनि मे १ देखि पूर्ण रूपमा सञ्चालन गर्ने सहमति भएको छ।

चीनसँगका यी दुई नाका पूर्ण रूपमा नचल्दा चीनबाट नेपालमा हुने आयातका लागि तेस्रो देशको बाटो प्रयोग गर्नुपरेको थियो। जसले समय र मूल्य बढेर व्यवसायी र उपभोक्ता मारमा परेका थिए। बुधबार भएको वार्तामा नेपाली पक्षको नेतृत्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले गरेका थिए भने चिनियाँ पक्षको नेतृत्व तिब्बत सरकारका उपाध्यक्ष चेन योङ्गछीले गरेका थिए।

नेपाली पक्षको अनुरोधमा नाकामा बहुउपयोगी प्रयोगशाला स्थापना गर्न पनि चिनियाँ पक्ष सहमत भएको छ। बैठकमा कृषि उत्पादन, मासु, औषधीजन्य जडिबुडीको व्यापारमा सहकार्य गर्ने विषयमा पनि छलफल भएको जनाइएको छ।

नेपाली पक्षले काठमाडौं-ल्हासा सिधा उडान सकेसम्म चाँडो पुनः सञ्चालन गर्न पनि अनुरोध गरेको छ। भेटका क्रममा नेपाल(चीन र नेपाल(तिब्बत सम्बन्धका विभिन्न आयाम र सहकार्यका विषयमा छलफल भएको महावाणिज्य दूतावासले जनाएको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.