add

६ महिनामा व्यापार घाटा ७ खर्ब ११ अर्ब, निर्यात ३२ प्रतिशत घट्यो






ActPro Nepal

|

१० माघ, २०७९

|
432

काठमाडौं । मुलुकको व्यापार घाटामा सुधार आएको छ । चालु आर्थिक वर्षको पहिलो महिना साउनदेखि सुधार आएको व्यापार घाटाले पुससम्म सोही लय कायम राखेको हो ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आवको ६ महिना (साउन–पुस)मा मुलुकको व्यापार घाटा गत वर्षको सोही अवधिको तुलनामा १९.१५ प्रतिशतले घटेको छ ।

पुस मसान्तसम्म व्यापार घाटा ७ खर्ब ११ अर्ब ८५ करोड रुपैयाँ रहेको विभागले जनाएको छ । जबकी गत वर्ष सोही अवधिमा मुलुकको व्यापार घाटा ८ खर्ब ८० अर्ब ४९ करोड रुपैयाँ थियो ।

सरकारले वस्तु आयातमा लगाएको प्रतिबन्धका कारण व्यापार घाटा केही कम भएको हो । समीक्षा अवधिमा वस्तु आयात र निर्यात दुवै घटेको छ ।

पुस मसान्तसम्ममा ७ खर्ब ९२ अर्ब ६६ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । गत वर्षको सोही अवधिको तुलनामा आयात २०.६८ प्रतिशतले घटेको हो । गत वर्ष पुससम्म ९ खर्ब ९९ अर्ब ३४ करोडको रुपैयाँ बराबरको वस्तु आयात भएको विभागको तथ्यांक छ ।

यस्तै, समीक्षा अवधिमा निर्यातमा पनि ठूलो गिरावट आएको छ । चालु आवको ६ महिनामा नेपालबाट ८० अर्ब ८० करोड बराबरको वस्तु निर्यात भएको छ । गत वर्षको सोही अवधिको तुलनामा निर्यात करिब ३२ प्रतिशतले कम हो । गत वर्षको यसै अवधिमा १ खर्ब १८ अर्बको निर्यात भएको थियो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.