add

सबैभन्दा धेरै व्यक्तिगत सम्पत्ति गुमाउने एलन मस्क,कसरी गुमाए १६५ अर्ब डलर ?






ActPro Nepal

|

२९ पुष, २०७९

|
324

एजेन्सी । एलन मस्कले सबैभन्दा धेरै व्यक्तिगत सम्पत्ति गुमाउने नयाँ विश्व कीर्तिमान राखेका छन् । विश्वका धनाढ्यहरूको सूचीको दोस्रोमा रहेका उनले सन् २०२१ को नोभेम्बरदेखि २०२२ को डिसेम्बरसम्म १ खर्ब ६५ अर्ब अमेरिकी डलर गुमाएका हुन् । यद्यपि यी तथ्याङ्कहरू फोर्ब्स पत्रिकाको तथ्याङ्कमा आधारित छन्, गिनिज वर्ल्ड रेकर्ड्स भन्छ कि अन्य स्रोतहरूले संकेत गरेको छ कि एलन मस्कको क्षति अझ ठूलो हुन सक्छ।

गत वर्ष ट्विटर खरिद गरेपछि, एलन मस्कको इलेक्ट्रिक कार कम्पनी टेस्लाको शेयर मूल्यमा ठूलो गिरावट आएको छ।

सामाजिक सञ्जाल कम्पनी ट्वीटर ४४ अर्ब डलरमा लिएपछि टेस्लाका लगानीकर्ताहरूले एलन मस्कले आफ्नो इलेक्ट्रिक कार व्यवसायमा ध्यान दिन नसकेको महसुस गर्न थालेका छन् । एलन मस्क भन्दा पहिले सम्पत्ति गुमाउने मामिलामा विश्व कीर्तिमान जापानी प्राविधिक लगानीकर्ता मासायोशी सनको नाममा थियो ।

मासायोशी सनले सन् २००० मा ५८.६ बिलियन डलर गुमाए । कम्पनीको शेयरको मूल्यमा आएको गिरावटका आधारमा घाटाको यो गणना गरिएको हो र आगामी दिनमा पनि बढ्न सक्छ । अर्थात् आगामी दिनमा एलोन मस्कको सम्पत्ति पुरानो स्तरमा फर्किन सक्छ वा त्योभन्दा माथि जान सक्छ भन्ने हो ।

गत वर्ष मस्कले ट्विटर खरिद गरेपछि उनको विद्युतीय कार कम्पनि टेस्लाको शेअर मूल्य ह्वात्तै घटेको थियो।

सामाजिक सञ्जाल कम्पनी ट्विटर खरिद गर्न मस्कले ४४ अर्ब अमेरिकी डलर खर्च गरेपछि टेस्लाका लगानीकर्ताहरूमाझ अब उनले आफ्नो कार कम्पनीमा धेरै ध्यान केन्द्रित नगर्ने चिन्ता व्यापक भएको थियो।

कम्पनीले गत वर्ष जम्मा १३ लाख वटा गाडी मात्रै बजारमा पुर्‍याएका कारण सेयर मूल्य घटेको जनाइएको छ । त्यसका साथै, ट्वीटर खरिद गरेपछि ठूलो संख्यमा कर्मचारीलाई बर्खास्त गर्ने र सामग्रीसम्बन्धी नीतिमा ल्याएको हेरफेरका कारण सेयरमा गिरावट आएको हो । मस्कले आफ्ना कम्पनीहरू टेस्ला र स्पेस एक्सले झैं ट्वीटरबाट पनि मनग्य पैसा कमाउने उद्देश्य राखेका कतिपयको दाबी थियो । तर व्यवसायका प्रयोगकर्ताका लागि निःशुल्क रहेको ट्वीटरबाट अर्थोपार्जन गाह्रो छ । त्यसका साथै, ट्वीटरमा विज्ञापन पनि कम छैन । फेसबुक र गुगलसरह ट्वीटरका उल्लेख्य प्रयोगकर्ता छैनन् ।

मस्कले भने ट्वीटरको ‘बृहत् सम्भावना’ उजागर गर्ने बताउने गरेका छन् । उनको जुन प्रकारको पृष्ठभूमि छ वा जसरी उनले अनलाइन भुक्तानी प्रणाली, विद्युतीय सवारीसाधन, रकेट कम्पनी, न्युरो टेक्नोलोजी लगायतलाई असाध्यै लोकप्रिय र आर्थिक रूपमा सबल बनाए, उनका कुरामा विश्वास गर्ने आधार देखिन्छ । इलनले हात हालेका जुन कुनै कम्पनी सफल भएका छन् । कतिसम्म भने हिजोआज त उनको एक ट्वीटले नै बजारमा उथलपुथल निम्त्याउने गरेको छ ।

ट्वीटर किनेर सेयर मूल्य ह्वात्तै बढेपछि यसलाई बेच्ने मस्कको रणनीति रहेको कतिपयको दाबी थियो । तर तत्कालका लागि त्यो पनि हुने अवस्था देखिएको छैन । उनले यसअघि पनि कम्पनीहरू बेचेर राम्रो नाफा हात पारेका थिए । ५० वर्षअघि दक्षिण अफ्रिकामा जन्मिएका मस्कले सन् १९९९ मा अनलाइन पेमेन्ट सिस्टम पेपाल स्थापना गरेका थिए । सन् २००२ मा उनले १.५ अर्ब डलरमा पेपाल इबे कम्पनीलाई बेचे । यसबाट उनलाई १८ करोड डलर फाइदा भएको टाइम म्यागजिनको रिपोर्टमा उल्लेख छ । त्यसपछि इलनले स्पेस एक्स नामक रकेट कम्पनी स्थापना गरे । यसले नासासँग मिलेर अन्तरिक्षका मिसनहरूमा काम गर्छ । मंगल ग्रहमा उपनिवेश खडा गर्ने इलनको लक्ष्य छ । उनी मान्छेको टाउकोभित्र कम्प्युटर जडान गर्ने परियोजनामा पनि काम गरिरहेका छन् ।

न्युरोलिंक नामक उनको कम्पनीले मानिसको खोपडीमा माइक्रोचिप्स जडान गर्ने र रोबर्टद्वारा मस्तिष्कको सर्जरी गर्ने प्रणाली निर्माणको काम गरिरहेको छ । आफूहरूले मानव मस्तिष्क र आर्टिफिसियल इन्टेलिजेन्सको सहअस्तित्व विकास गर्न खोजेको मस्क बताउने गर्छन् । न्युरोलिंकलाई उनको अनौठो र भविष्यवादी (फ्युचरिस्टिक) कम्पनीका रूपमा लिइन्छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.