add

नबिल बैंकको खुद नाफा ९.८३ प्रतिशत बढ्यो, प्रतिशेयर आम्दानी २१.७८ रुपैयाँ






ActPro Nepal

|

२० साउन, २०७९

|
568

काठमाडौं ।  नबिल बैंकको खुद नाफामा सामान्य सुधार आएको छ । बैंकले शुक्रबार सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ९.८३ प्रतिशत बढेको छ ।

बैंकले गत वर्षको असार मसान्तसम्म कुल ४ अर्ब ९७ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५ करोड बढी हो। बैंकले अघिल्लो आवमा ४ अर्ब ५२ करोड ७५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

नेपाल बंगलादेश बैंक (एनबी)लाई आफूमा गाभेर असार २७ गतेदेखि एकीकृत कारोबार सुरु गरेको बैंकले एनबीको सबै नाफा रिजर्भमा राखेर आफ्नो मात्र देखाएको छ ।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफामा बढोत्तरी आएको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १४.३७ प्रतिशत बढेर ९ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, सञ्चालन मुनाफा १३.९८ प्रतिशतले बढेर ७ अर्ब ९ करोड रुपैयाँ पुगेको छ ।

हाल २२ अर्ब ८३ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा २६ अर्ब ३७ करोड ९१ लाख, रिटेन्ड अर्निङमा ३ अर्ब ५९ करोड रुपैयाँ र सेयर प्रिमियममा १ लाख ७६ हजार रुपैयाँ संचित छ ।

असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा ९ अर्ब १२ कराेड रुपैयाँ रहेको छ। यसबाट बैंकले ४० प्रतिशतसम्म लाभांश दिन सक्छ ।

समीक्षा अवधिमा बैंकको निक्षेप ४५.९७ प्रतिशतले बढेर ३ खर्ब २६ अर्ब र कर्जा लगानी ५२.०४ प्रतिशत बढेर ३ खर्ब ०१ अर्ब रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी २१.७८ रुपैयाँ, मूल्य आम्दानी अनुपात ३२.८० गुणा, प्रतिसेयर नेटवर्थ २३०.३० रुपैयाँ, खराब कर्जा १.५४ प्रतिशत र सीडी अनुपात ८९.७९ प्रतिशत रहेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.