add

गौतमश्री सहकारीलाई समस्याग्रस्त घोषणा गर्न सिफारिस






ActPro Nepal

|

२० साउन, २०७९

|
645

काठमाडौं । काठमाडौंको कुलेश्वरस्थित गौतमश्री बहुउद्देश्यीय सहकारी समस्याग्रस्त घोषणा गर्न सिफारिस गरिएको छ ।

सहकारी विभाले उक्त सहकारीलाई समस्याग्रस्त घोषणा गर्न भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय समक्ष सिफारिस गरेको हो।

बिहीबार विभागले प्रेस विज्ञप्ति सार्वजनिक गर्दै उक्त सहकारीलाई समस्याग्रस्त घोषणा गर्न सिफारिस गरिएको जानकारी गराएको हो।

सहकारी ऐनको दफा १०४ (१) को प्रावधान बमोजिम गौतमश्रीलाई समस्याग्रस्त घोषणा गर्नका लागि सिफारिस गरिएको विभागले जनाएको छ ।

‘विभागका अनुसार गौतम सहित संचालक तथा व्यवस्थापक कर्मचारीहरुलाई सोधपुछ गर्न विभागमा उपस्थित गराइदिनुहुन भनी लिखित रुपमा अनुरोध गरी पठाइएकोमा उक्त संस्थाका कुनैपनि संचालक तथा कर्मचारीहरुलाई हालसम्म पनि विभागको सम्पर्कमा नल्याईएको तथा संस्थाको अध्यक्ष, संचालक र कर्मचारीहरु कुनै पनि सम्पर्कमा नआएको,’ विभागद्धारा जारी विज्ञप्तिमा उल्लेख छ।

कार्यालय बन्द गरेर सहकारीको अध्यक्ष र संचालक समितिका सदस्य फरार भएपछि आफूहरु ठगिएको भन्दै विभागमा ११०० जना बढीले उजुरी दिएका छन् । बचतकर्ताले १ अर्ब ७५ करोड भन्दा बढीको माग दावी सहित विभागमा उजुरी गरेका छन्।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.