add

चार महिनामै व्यापार घाटा ५ खर्ब ६८ अर्ब,भारतसँग मात्र ३ खर्ब १९ अर्बको घाटा






ActPro Nepal

|

९ मंसिर, २०७८

|
618

काठमाडौंं । आर्थिक वर्ष २०७८/७९ को पहिलो चार महिनामा नेपालको व्यापार घाट बढेको छ ।

आर्थिक वर्षको सोही अवधिको तुलनामा घाटा ५६.८३ प्रतिशतले बढेर ५ खर्ब ६८ अर्ब १७ करोड रुपैयाँ पुगेको भन्सार विभागले बुधबार सार्वजनिक गरेको तथ्यांकले देखाएको छ ।

जुन गत वर्षको तुलनामा २ खर्ब, ५ अर्ब रुपैयाँले बढी हो । त्यस्तै कुल वैदेशिक व्यापार पनि गत बर्षको चार महिनासंग तुलना गरेर हेर्दा बढेको नै देखिन्छ ।

नेपालले भारतबाट चार महिनामा ३ खर्ब ८५ अर्ब ९५ करोडको वस्तु आयात गरेको छ भने नेपालबाट ६६ अर्ब ९४ करोड रुपैयाँको निर्यात भएको छ ।

यस अनुसार चार महिनाको अवधिमा भारतसँगको व्यापार घाटामात्र ३ खर्ब १९ अर्ब रुपैयाँको छ ।

चीनबाट भने नेपालले ९४ अर्ब ३० करोड रुपैयाँको वस्तु आयात गरेको छ भने ३१ करोड रुपैयाँको वस्तु निर्यात गरेको छ । अमेरिकाबाट ९ अर्ब ९१ करोड रुपैयाँको वस्तु आयात गरेकामा ६ अर्ब १० करोड रुपैयाँको वस्तु निर्यात गरेको छ ।

चार महिनाको अवधिमा नेपालको वैदेशिक व्यापार १३८ भन्दा बढी मुलुकसँग भएको छ । कात्तिक मसान्तसम्म नेपालले ८२ अर्ब १२ करोड ४२ लाख बराबरको निर्यात गरेको छ ।

गत वर्षको सोही अवधिमा नेपालले ४० अर्ब २० करोड रुपैयाँको मात्रै निर्यात गरेको थियो । जसमा गत वर्षको तुलनामा चालु आव १०४.२९ प्रतिशतले निर्यात बढेको छ ।

निर्यात बढ्नुमा भटमासको तेल, धागो, कपडा र पाम आयल तेलको ठूलो योगदान देखिन्छ । भारतले नेपालमाथि पाम आयलमा लगाउँदै आएको प्रतिबन्ध हटाएपछि पाम आयलको निर्यात बढ्न थालेको छ ।

विदेशबाट कच्चा पाम आयल र कच्चा भटमासको तेल ल्याएर त्यसलाई प्रशोधन गरिरहेको तथ्यांकले देखाउँछ । यस्तै, ४ महिनाको अवधिमा ६ खर्ब ५० अर्ब २९ करोड बराबरको विदेशी वस्तुको आयात भएको छ ।

गत वर्षको सोही अवधिमा नेपालले ४ खर्ब २ अर्ब ४९ करोड रुपैयाँको मात्रै आयात गरेको थियो । जसमा चालु आवमा गत वर्षको तुलनामा ६१.५७ प्रतिशतले आयात बढेको हो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.