add

दोहोरो अंकले घट्यो नेप्से,परिसुचक ३०७९ अंक पुग्दा १० अर्ब ९० करोड को कारोबार






ActPro Nepal

|

१४ साउन, २०७८

|
1078

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज शेयर बजार दोहोरो अंकले घटेको छ । बिहीबार नेप्से परिसूचक १५.११ अंकले घटेर ३०७९.८३ अंकमा झरेको हो ।

आज राम्रा र बलिया कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि घट्यो । बिहीबार इन्डेक्स ३.४७ अंकले घटेर ५७०.८५ अंकमा झरेको छ।

बिहीबार होटल एण्ड टुरिजम र विकास बैक बाहेक अन्य सबै समुहको सूचक घट्यो । होटल एण्ड टुरिजम समुहको सूचक १.१७ बढ्यो भने विकास बैक १.१० प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै फाइनान्स समुहको सूचक घट्यो । फाइनान्सको सूचक १.९६ प्रतिशत घट्यो । त्यस्तै, इन्भेष्टमेन्ट समुहको १.१९ प्रतिशत घट्यो ।

बिहीबार २१७ कम्पनीको २ करोड ६० लाख ४० हजार २३ कित्ता शेयर किनबेच हुँदा १० अर्ब ९० करोडको कारोबार भयो ।

आज रिडी हाइड्रोपावर डेभलपर्स कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लाग्यो । कम्पनीको शेयर मूल्य ९.८० प्रतिशत बढ्यो ।

त्यस्तै, जीवन विकास लघुवित्त वित्तीय संस्थाको ८.२२ प्रतिशत, सप्तकोशी विकास बैंकको ७.६५ प्रतिशत, यूनाईटेड मार्दी हाइड्रोको ७.५५ प्रतिशत र चन्द्रागिरी हिल्सको शेयर मूल्य ६.०५ प्रतिशत बढ्यो ।

बिहीबार सबैभन्दा धेरै गुमाउनेमा गुडविल फाइनान्सका शेयरधनी छन् । कम्पनीको शेयर मूल्य ७.३३ प्रतिशत घट्यो ।

आज सबैभन्दा धेरै कारोबार गुडविल फाइनान्सले गर्यो । फाइनान्सले ३३ करोड २८ लाखको कारोबार गर्यो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.