add

यी हुन् काठमाडौं महानरगलाई कर नतिर्ने २० करदाता(सुचिसहित)






ActPro Nepal

|

१३ साउन, २०७८

|
761

काठमाडौं । काठमाडौं महानगरपालिकाले घरजग्गा/सम्पत्ति लगायतका अन्य कर नबुझाउने व्यक्ति, पसल, घर तथा व्यवसायको नामावली सार्वजनिक गरेको छ ।

तोकिएको अवधिमा कर तिर्न नआए त्यसपछि घर, पसल र व्यवसायमा शिलबन्दी गर्ने तथा सरकारी बाँकी सरह राजश्व असुली गर्ने सम्बन्धी सूचना जारी गरिएको हो ।

महानगरले एक सूचना निकाल्दै गत असार १६ गते करदाताहरुलाई कर बुझाउन भनेपनि हालसम्म नतिरेपछि नामावली सार्वजनिक गरेको जनाएको छ ।

कर नतिर्नेमा नाफा कमाउने उद्देश्यले खोलिएका व्यापारिक कम्प्लेक्स, शैक्षिक संस्था, अस्पताल लगायत ठूला कम्पनी रहेका छन् ।

महानगरलाई कर विवरणसम्म नबुझाउने अन्य करदातामा वडा १४ का आदर कम्प्लेक्स, कृषि सामाग्री संस्थान र एलआरआइ स्कूल, वडा १५ को मनमोहन मेमोरियल कलेज एण्ड शिक्षण अस्पताल, वडा ३ का कान्तिपुर डेन्टल अस्पताल र चिरायु अस्पताल र वडा ४ का देवेन्द्र श्रेष्ठ छन् ।

यसैगरी, वडा २२ को आरबी कम्प्लेक्स, वडा २४ को सुरज आर्केट, वडा २९ को शुभश्री कोअपरेटिभ लिमिटेड, वडा २८ का काठमाडौँ प्लाजा र नेपाल सेयर मार्केट र वडा ३० का गोपालजी प्रपर्टिज प्रालि र स्टार मल रहेका छन् ।

यी करदातालाई कर तिर्न दिएको म्याद साउन १५ गते सकिँदैछ । सो अवधिभित्र तिर्नुपर्ने कर नतिरे कानुन अनुसार कारबाही र जरिवाना गरिने महानगरपालिकाले जनाएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.