Right side from logo

निषेधाज्ञा अवधिका लागि यस्तो छ नेपाल टेलिकमको अफर




2021 May 04

काठमाडौं। कोरोना भाईरस (कोभिड–१९) को कारणले लागु गरिएको निषेधाज्ञाको समयमा नेपाल टेलिकमका ग्राहकवर्गले सहजरुपमा उपयोग गर्नसक्ने आकर्षक मूल्यका डाटा तथा भ्वाइस प्याकको अफर सार्वजनिक गरेको छ ।

मंगलबार प्रेसविज्ञप्ती जारी गर्दे टेलिकमले देशका विभिन्न भागमा लागु गरिएको निषेधाज्ञाको समयमा कम्पनीका मोबाइल सेवाका ग्राहकहरुका लागि नेपाल टेलिकमले विभिन्न आकर्षक डाटा सुविधाहरु उपलब्ध गराएको जनाएको हो ।

अफर लामो र छोटो दुवै समयमा उपयोग गर्न सकिने र उपयोगी हुने अपेक्षा समेत लिएको छ ।

यस्तो छ अफर

१. वन जीबी पर डे विथ बोनस भ्वाइस प्याक – २८ दिनसम्म प्रत्येक दिन १ जीबी डाटा चलाउन र प्रतिदिन १४ मिनेट कुराकानी गर्न सकिने यो प्याक रु. ६४९।– मा उपलब्ध छ । सेवाग्राहीले आवश्यकता बमोजिम डाटा चलाउन र कुराकानी समेत गर्न सक्ने भएकाले यो प्याक निकै लोकप्रिय छ । यो अफर लिनका लागि आफ्नो मोबाइलबाट स्टार १४१५ स्टार १ स्टार ८ स्टार २ ह्याज डायल गर्न सकिन्छ ।

२. ७ दिनका लागि १.५ जीबी प्याक – ७ दिनसम्म १.५ जीबी डाटा प्रयोग गर्न मिल्नेगरी यो प्याकको व्यवस्था गरिएको छ । नेपाल टेलिकमले सि्प्रङ अफर अन्तर्गत अल टाइम डाटा प्याकको रुपमा यो प्याक जम्मा रु. ९५।– मा उपलब्ध गराइरहेको छ । यो प्याक लिनका लागि आफ्नो मोबाइलबाट स्टार १४१५ स्टार १ स्टार १ स्टार ४ ह्याज डायल गर्न सकिन्छ ।

३. २ घण्टासम्म चल्ने अनलिमिटेड डाटा प्याक – २ घण्टासम्म असीमित डाटा चलाउन यो प्याक प्रयोग गर्न सकिन्छ । रु. ३०।– मा उपलब्ध हुने यो डाटा प्याक लिनका लागि आफ्नो मोबाइलबाट स्टार १४१५ स्टार ८ स्टार २ ह्याज डायल गर्न सकिन्छ ।

४. ५०० एमबी पर डे डाटा प्याक – जम्मा रु. २९९।– मा २८ दिनसम्म प्रत्येक दिन ५०० एमबी डाटा प्रयोग गर्न मिल्नेगरी यो प्याक उपलब्ध गराइएको छ । यो प्याक लिनका लागि आफ्नो मोबाइलबाट स्टार १४१५ स्टार १ स्टार ९ स्टार ३ ह्याज डायल गर्न सकिन्छ ।

मोबाइलमा प्राप्त हुने डाटा प्याकमार्फत हटस्पट बनाएर अन्य मोबाइल वा ल्यापटपमा समेत डाटा चलाउन सकिन्छ ।

ग्राहकले *1415# डायल गरेर त्यहाँ दिइएको निर्देशन अनुसार विभिन्न प्याक खरिद गर्न सक्दछन् ।

कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ । त्यसैगरी कम्पनीको वेबसाइट www.ntc.net.np मार्फत यस सम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न सकिन्छ ।




शिक्षाअर्थ/बाणिज्य

प्रतिक्रिया