add

धितोपत्र बजारमा लगानीको नयाँ अवसर, १६ कम्पनीको ५ अर्ब ८८ करोड रुपैयाँ बराबरको आइपिओ आउदैँ






ActPro Nepal

|

३० चैत, २०७७

|
1182

काठमाडौँ । । धितोपत्र बजारमा लगानी गर्न चाहनेलाई नयाँ अवसर जुट्ने भएको छ। 

पूँजी बजारमा १६ ओटा कम्पनीको ५ करोड ८८ लाख ५० हजार १८५ कित्ता आइपिओ आउने तयारीमा रहेको छ । 

नेपाल धितोपत्र बोर्ड (सेवन)का अनुसार यी कम्पनीहरूको ५ अर्ब ८८ करोड ५० लाख १८ हजार ५०० रुपैयाँ बराबरको आइपिओ आउने भएको हो ।

सेयर निष्कासन अनुमतिका लागि ती कम्पनीले नियामक निकाय धितोपत्र बोर्ड (सेवन)मा आवेदन दिइसकेका छन् । सेवनमा निवेदन दिने कम्पनीहरूमा दुईओटा लघुवित्त, दुईओटा अन्य र १२ ओटा हाइड्रोपावर कम्पनी रहेका छन् । 

आइपिओ निष्काशनको तयारीमा रहेकोमध्ये सबैभन्दा बढी कित्ता मध्ये भोटेकोशीको रहेको छ । उक्त कम्पनीले एक करोड ५० लाख कित्ता बराबरको आइपिओ ल्याउने तयारी गरेको हो । ग्लोबल आइएमई क्यापिटल लिमिटेड बिक्री प्रबन्धक रहेको उक्त कम्पनीको आइपिओ एक अर्ब ५० करोड रुपैयाँ बराबरको रहेको छ । 

त्यस्तै, साहस उर्जा लिमिटेडले एक करोड ५ लाख कित्ता, सामलिङ पावर कम्पनीले १२ लाख ३० हजार कित्ता, बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीले १२ लाख कित्ता, सयपत्री हाइड्रोपावर लिमिटेडले ९ लाख कित्ता, वलेफी हाइड्रोपावरले ३६ लाख ५५ हजार ९४० कित्ता, ग्रीन भन्चर्सले ६२ लाख ५० हजार र माथिल्लो सोलुले ३३ लाख ७ हजार ५०० कित्ता आइपिओ जारी गर्ने तयारी गरेका हुन् ।


हिमालयन हाइड्रोपावरले २२ लाख ५० हजार कित्ता, मैलुङ खोला जलविद्युत कम्पनीले ७ लाख ३६ हजार २८६ कित्ता, न्यादी हाइड्रोपावरले ४० लाख ५० हजार कित्ता र विन्दावासिनी हाइड्रोपावरले २५ लाख कित्ता आइपिओ निष्काशन गर्नका लागि सेवनमा निवेदन दिएका छन् ।

यसैगरी मनकामना स्मार्ट लघुवित्त र जीवन विकास लघुवित्तले क्रमशः ३ लाख ८९ हजार र १९ लाख ७७ हजार ३०० कित्ता आइपिओ ल्याउने तयारी गरेका छन् भने डिस मिडियाको २३ लाख ८५ हजार ९२९ कित्ता र सिइडिबी हाइड्रोपावर डेभलपमेन्टको २५ लाख १८ हजार २३० कित्ता आइपिओ आउने तयारीमा छ । 

यी सबै कम्पनीहरूले सेवनबाट निष्काशन अनुमति पाएपछि शेयर बिक्री तथा निष्काशन गर्न पाउनेछन् । पछिल्लो समयमा शेयर बजारमा लगानीकर्ताको आकर्षण बढीरहेको देखिन्छ । डिम्याट खाता खोल्ने र आइपिओ भर्ने लगानीकर्ताहरूको संख्या बढीरहेको देखिन्छ । चैत ६ गतेदेखि सर्वसाधारणका लागि खुल्ला गरेको सिङ्गटी हाइड्रोपावरको आइपिओ खरिदका लागि १५ लाख ६५ हजार ५३० आवेदकले आवेदन दिएका थिए ।  

त्यसअघि निष्काशन भएको ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको आइपिओमा हालसम्मकै सर्वाधिक १८ लाख ४२ हजार ४९६ आवेदकहरूबाट आवेदन परेको थियो । हालसम्म ३३ लाख ८३ हजार ६६९ जनाको डिम्याट खाता रहेको सिडिएस एण्ड क्लियरिङ हाउसको तथ्याङ्क रहेको छ । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.