add

आइपिओ भर्ने होइन? आजदेखि खुल्यो ज्योति लाइफ इन्स्योरेन्सको आइपीओ






ActPro Nepal

|

२१ फागुन, २०७७

|
1050

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सले प्राथमिक साधरण शेयर (आइपीओ) खुल्ला भएको छ ।

शुक्रबार कार्यालय समयदेखि कम्पनीले १०० रुपैयाँ दरको कुल ६६ लाख कित्ता आइपीओ निष्कासन गर्न लागेको हो ।

कुल निष्काशित आइपीओमध्ये ५ प्रतिशत (३ लाख ३० हजार कित्ता) कर्मचारी र अर्को ५ प्रतिशत (३ लाख ३० हजार कित्ता) नै सामूहिक लागनी कोषहरुलाई छुट्याइएको छ ।

बाँकी ५९ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यो आइपीओमा फागुन २६ गतेसम्म आवेदन दिन सकिन्छ ।

ज्योतिको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ६६ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्नेछ ।

लगानीकर्ताले सि–आश्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । नेपालमा हाल आइपीओमा लगानीकर्ताको अधिक आकर्षण रहेको छ ।

पछिल्ला आइपीओहरुमा लगातार जसो झण्डै १५ लाख लगानीकर्ताले आवेदन दिएका छन् । यस्तै, नयाँ डिम्याट खाता खोल्ने लगानीकर्ताको संख्यामा पनि दिनदिनै वृद्धि हुँदै गएको छ ।

पछिल्लो समय खुलेको महिला लघुवित्तको ३ लाख ७५ हजार कित्ता आइपीओका लागि पनि झण्डै १५ लाख सर्वसाधारणले आवेदन दिएका थिए ।

यस आधारमा, ज्योति लाइफको आइपीओ पाउन पनि भाग्यमा भर पर्नुपर्ने देखिन्छ । किनभने, ज्योतिको ५९ लाख ४० हजार कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिनसक्नेछ ।

उक्त सेयर १० कित्ताका दरले बाँडफाँट गर्ने हो भने पनि जम्मा ५ लाख ९४ हजार जना लगानीकर्तालाई मात्र दिन पुग्छ । त्यसैले नै १० कित्ताको लागि नै आवेदन दिनु उपयुक्त हुनेछ ।

यस अघिका आईपिओ पनि शुक्रबार नै बिक्रि खुला भएका थिए । सिडीएसले पछिल्लो समय आईपिओ बिक्रि खुला शुक्रबारदेखि गर्ने र बाँडफाँड पनि शुक्रबार नै गर्ने अभ्यास थालेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.