add

नेप्सेको कारोबारमा रेकर्ड ब्रेक, ५० अंकले बढ्दा ९ अर्ब ३७ करोडको कारोबार






ActPro Nepal

|

११ माघ, २०७७

|
1054

काठमाडौं । साताको पहिलो शेयर कारोबार दिन आज नेप्से परिसूचक र कारोबार दुवैमा नयाँ रकर्ड कायम भएको छ ।

आइतबार नेप्से परिसूचक ५०.२० अंकले बढेर २४२४.८४ अंकमा पुगेसंगै नयाँ रेकर्ड कायम भएको हो । यो संख्या कारोबार भएको अघिल्लो दिनको तुलनामा २.११ प्रतिशत बढी हो ।

आज राम्रा र बलिया कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्समा पनि नयाँ रेकर्ड कायम भयो । आइतबार सेन्सेटिभ इन्डेक्स ६.४७ अंकले बढेर ४५२.०६ अंकमा पुगैसंगै नयाँ रेकर्ड कायम भएको हो ।

आइतबार कारोबारमा आएका मध्ये ट्रेडिङ बाहेक अन्य सबै समुहको सूचक बढ्यो । ट्रेडिङको सूचक २.४७ प्रतिशत घट्यो ।

आज सबैभन्दा धेरै अन्य समुहको सूचक बढ्यो । अन्यको सूचक ५.६९ प्रतिशत बढ्यो । त्यस्तै जलविद्युत समुहको २.७२ प्रतिशत, लघुवित्तको २.५६ प्रतिशत, निर्जीवन बीमाको १.९३ प्रतिशत बढ्यो ।

आइतबार कारोबार रकममा पनि नयाँ रेकर्ड कायम भएको छ । यसअघि एकैदिन ९ अर्ब २३ करोड रुपैयाँ सबैभन्दा धेरै कारोबार रहेकोमा आज २०७ कम्पनीको १ करोड ९३ लाख ७९ हजार ४२ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ३७ करोड ६० लाख ५३ हजार रुपैयाँको कारोबार हुँदै कारोबारमा थप नयाँ रेकर्ड कायम भएको छ ।

आज १० वटा कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लाग्यो । आइतबार सबैभन्दा धेरै कमाई गर्नेमा ग्रामिण विकास लघुवित्त बैंक, पोखरा फाइनान्स र मिथिला लघुवित्तको शेयर धनी छन् । यी तिनवटै कम्पनीको शेयर मूल्य १० प्रतिशत बढ्यो ।

आइतबार प्रभु लाइफ इन्स्योरेन्सको शेयर मूल्यमा पनि पोजेटिभ सर्किट लाग्यो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता ४३ रुपैयाँ बढ्दै ४७६ रुपैयाँ पुग्यो ।

सबैभन्दा धेरै गुमाउनेमा नारायणी विकास बैंकका शेयर धनी छन् । बैंकको शेयर मूल्य ९.९१ प्रतिशत घट्यो ।

आइतबार सबैभन्दा धेरै कारोबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले गर्यो । कम्पनीले ६६ करोड ८२ लाख रुपैयाँ बराबरको कारोबार गर्यो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.