add

नेपालको ग्रामिण कृषि क्षेत्र उत्थानका लागि विश्व बैंकको साढे ९ अर्ब सहयोग






ActPro Nepal

|

१३ कार्तिक, २०७७

|
871

काठमाडौं । विश्व बैंकले नेपालको कृषि क्षेत्रलाई उत्थान गर्नेगरी ८ करोड अमेरिकी डलर (९ अर्ब ४३ करोड २८ लाख रुपैयाँ) बराबरको सहयोग उपलब्ध गराउने भएको छ ।

नेपालको ग्रामिण क्षेत्रमा उत्पादित कृषि उपजलाई निश्चित बजारसम्म पुर्याउन सकिने गरी बजारको विस्तार र उद्यमशिलतालाई प्रवद्र्धन गर्नेगरी विश्व बैंकले ८ करोड डलर बराबरको आयोजना स्वीकृत गरेको हो ।

उक्त परियोजनाले कोरोना महामारीपछिको पुर्नउत्थानलाई समेत समेट्ने विश्व बैंकले जानकारी दिएको छ । विश्व बैंकले स्वीकृत गरेको ग्रामिण उद्यम तथा आर्थिक विकास (रीड) परियोजनाले ग्रामिण भेगमा खासगरी महिलाद्वारा संचालित उद्यमहरुलाई प्रोत्साहन गर्ने गर्दछ ।

उक्त परियोजना स्विकृत पश्चात ग्रामिण भेगमा रोजगारीको अवसर प्राप्त हुनुका साथै कृषि उद्यमशिलतामा दिगोपन आउने विश्वास गरिएको छ । यस्तै उक्त परियोजनाले ग्रामिण भेगमा उत्पादिन कृषि उपजको निर्यातमासमेत ठुलो योगदान दिने बताईएको छ ।

सो परियोजनामार्फत नेपालको आर्थिक अवस्थामा सुधार आउनुका साथै गरिबी अन्त्यमा समेत केही राहत हुने माल्दीभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका देशिय निर्देशक फरिस हदाद जर्भाेसले बताए ।

उक्त सहयोगले चिया, कफी, जडिबुटीलगायत उत्पादनमा प्रोत्साहन गर्दै कोरोना भाईरसबाट भएको क्षतिलाई राहत पुग्ने उनको भनाई छ ।

उक्त परियोजनाले ५ आर्थिक करिडोरलाई ध्यानमा राख्दै सहयोग गर्नेछ । उक्त परियोजनाअन्तर्गत विभिन्न स्थानीय तह तथा प्रदेशमा रहेका साना ठुला कृषि उद्यमलाई क्षमता विस्तारमा सहयोग पुग्नेछ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.