काठमाडौं । बुधबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । सोमबार ७.५९ ले बढेर कारोबार बन्द भएको नेप्से बुधबार २१.६१ अंकले घटेर १३८२.२५ विन्दुमा आइपुगेको छ ।
मंगलबार सार्वजनिक बिदा भएर बन्द भएको बजार बुधबार नेीसेको सिटस्मा समस्या आएर ४५ मिनेट ढिलो बजार खुलेको थियो ।
त्यसैदिन १८६ कम्पनीको १ अर्ब २३ करोड ३९ लाख ६३ हजार ९ सय ३४ रुपैयाँ बराबरको कारोबार भएको छ । आज ३४ लाख ४७ हजार ७ सय ६५ कित्ता सेयर किनबेच भएको छ ।
बजारमा कारोबार आएका सबै समूह राताम्मे देखिएका छन् ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।