add

बाढी, पहिरो र चट्याङबाट वैशाख यता २३१ को मृत्यु, ५६ बेपत्ता






ActPro Nepal

|

२१ साउन, २०७७

|
674

काठमाडौं । गत वैशाखयता बाढी, पहिरो र चट्याङले मुलुकलाई नराम्ररी प्रभावित बनाएको छ । यसपालि मुलुकले ठूलो जनधनको क्षति बेहोरेको छ ।

बाढी, पहिरो र चट्याङका घटनामा परी २३१ जनाले ज्यान गुमाएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांक अनुसार देशको विभिन्न ठाँउमा बाढी, पहिरो र चट्याङमा परि बैशाख १ देखि साउन २० गतेसम्म उनीहरुको ज्यान गएको हो ।

जसमा ५६ जना हराईरहेका छन् भने ३०९ जना घाइते भएका छन्। तथ्याङ अनसार पहिरोका घटनामा परी १७७ जनाको मृत्यु, ४४ जना वेपत्ता भएका छन् । १४५ जना घाइते भएका छन्।

सोही अवधिमा बाढीका घटनामा परी ७ जनाको मृत्यु, १२ जना बेपत्ता र ३ जना घाइते भएका छन्।

यो अवधिमा चट्याङ् लागेर ४७ जनाको मृत्यु भएको छ भने १६१ जना घाइते भएका छन्।




एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.