काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।
सोमबार सुनको मूल्य प्रतितोला ९९ हजार ६ सयमा कारोबार भएकोमा तोलामा २ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार मंगलबारका लागि छापावाल सुन प्रतितोला ९९ हजार ८०० रुपैयाँ तेजावी ९९ हजार ३७५ रुपैयाँ तथा चाँदी १ हजार २३० रुपैयाँ तोकेको छ ।
आइतबारको तुलनामा सुनको भाउ प्रतितोला २०० सय रुपैयाँले बढेको हो । सोमबार आइतबारकै भाउमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले साउन १९ गते सोमबारका लागि छापावाल सुन प्रतितोला ९९ हजार ६०० रुपैयाँ तेजावी ९९ हजार १६० रुपैयाँ तथा चाँदी १ हजार २३० रुपैयाँ तोकेको थियो ।
चाँदीको भाउ यसअघि साउन १३ गते १ हजार २४५ रुपैयाँसम्म पुगेको थियो।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।