add

एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको आईपीओमा आवेदन खुल्यो






ActPro Nepal

|

१६ साउन, २०७७

|
1015

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको आईपीओ बिक्री साउन १६ गतेबाट खुलेको छ ।

कम्पनीको करिब ३४ करोड रुपैयाँबराबरको आईपीओ शुक्रबारबाट बिक्री खुला गरेको हो ।

कुल ३३ लाख ९८ हजार ४६ कित्तामध्ये ५ प्रतिशत अर्थात १ लाख ६९ हजार ९०२ कित्ता सेयर सामूहिक लगानी कोषका लागि तथा २ प्रतिशत अर्थात ६७ हजार ९६१ किता सेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ । बाँकी रहेको ३१ लाख ६० हजार १८३ कित्ता सेयर सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओ निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।

कम्पनीको आईपीओमा लगानीकर्ताले छिटोमा साउन २१ गते र उक्त समयमा पर्याप्त आवेदन नपरे भदौ ३ गतेसम्म आवेदन दिन सक्नेछन् । सर्वसाधारणले कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेको सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यसका अलावा मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ ।

उक्त आईपीओका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ३१ लाख ६० हजार १८० कित्तासम्म आवेदन दिन सकिनेछ ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.