काठमाडौं । शुक्रबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार तोलामा ३०० रुपैयाँले बढेर शुक्रबार छापावाल सुनको भाउ प्रतितोला ९९ हजार ३ सय रुपैयाँ कायम भएको छ ।
यसैगरी तेजाबी सुन पनि महँगिएर प्रतितोला ९८ हजार ८ सय ६५ रुपैयाँमा किनबेच भइरहेको छ ।
साउन ५ गतेदेखि सुनको मूल्यमा दैनिक वृद्धि हुँदै आएको छ ।
सुनको मूल्य बढिरहँदा चाँदीको मुल्य भने १३ गतेदेखि घट्दो छ । आज पनि बिहीबारभन्दा २५ रुपैयाँले सस्तो बनेर चाँदी प्रतितोला १२ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।