काठमाडौं । एनआईशी एशिया बैंकले देशका भिभिन्न जिल्लाका २७ स्थानको जग्गा बिक्री सुरु गरेको । पूर्वको इलामदेखि पश्चिम बर्दियासम्म गरी १२ जिल्लाका ती स्थानमा रहेका जग्गाहरु बैंकले लिलाम बिक्री गरी आफ्नो नाममा ल्याएका जग्गाहरु लिलाम बिक्रीका लागि ७ दिनको समयावधि दिएर शिलबन्दी बोलपत्र आह्वान गरेको हो ।
बैंकले जारी गरेको सूचना अनुसार मोरङको विराटनगर, उर्लाबारी, दादरबैरिया, चितवनको खैरहनी, कल्याणपूर, पञ्चकन्या, बर्दियाको नेउलापूर, काभ्रेपलाञ्चोकको उग्रचण्डी नाला, झापाको मधुमल्ला, पर्साको भवानीपूर, चितवनको भरतपुर, रत्ननगर, लमजुङको सुन्दरबजार, धनकुट्टाको निगाले, बर्दियाको बगनाह र खैरापूर, मकवानपूरको पदमपोखरी, दोलखाको चरिकोट, इलामको चुलाचुली, नवलपरासीको गैडाकोट र महोत्तरीको बहादुरगञ्जका जग्गा गोग्य शिलबन्दी बोलपत्रद्वारा हुनेछ ।
हेर्नुहोस्, बैंकको सूचना
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।