काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
सञ्चालक समितिको अध्यक्ष उदय नेपाली श्रेष्ठको अध्यक्षतामा बसेको साधारण सभाले सर्वसाधारणमा साधारण सेयर (आईपीओ जारी गर्ने) प्रस्ताव सर्वसम्मतले पारित गरेको छ ।
यस्तै कम्पनीको कार्यक्षेत्र वृद्धि गर्ने उदेश्य थप गर्ने लगायतकोृ विशेष प्रस्ताव पनि पारित गरेको विज्ञप्तिमा उल्लेख छ ।
२०७४ सातमा जीवन वीमा सम्बन्धि कारोबार सुरु गरेको कम्पनीको १७ वटा वीमा योजना बिक्री गर्दै आएको छ ।
उक्त योजना मार्फत गत आर्थिक वर्षमा १ अर्थ ६० करोड वीमा शुल्क आर्जन गरेको छ । ८२ वटा आउटलुक सञ्चालनमा रहेका छन् ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।