add

एनएलजी इन्स्योरेन्सको ६० प्रतिशत हकप्रद शेयर बाँडफाँड






ActPro Nepal

|

१२ साउन, २०७७

|
970

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले फागुन २२ गतेदेखि असार २५ गतेसम्म विक्री खुला गरेको ६० प्रतिशत हकप्रद शेयर बाँडफाँड गरेको छ । 

कम्पनीले माघ २६ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा कारोबार भई कायम साविक शेयरधनीहरुका लागि ६० प्रतिशतका दरको ३८ लाख ४२ हजार ४३७ दशमलव ५० कित्ता हकप्रद शेयर विक्री खुला गरेको थियो । 

कम्पनीले रितपूर्वक आवेदन दिने आवेदकहरुलाई ३६ लाख ८१ हजार ३५९ दशमलव ५० कित्ता हकप्रद शेयर साउन ९ गते बाँडफाँट गरेको हो । कुल कित्ता हकप्रद शेयरमध्य १ लाख ६१ हजार ७८ कित्ता भने बाँडफाँट हुन बाँकी छ ।

यो अवधिमा विक्री हुन नसकेको बाँकी कित्ता हकप्रद भने कम्पनीले लिलामी प्रकृयाबाट विक्री गर्नेछ । हाल  ६४ करोड ४ लाख ६ हजार रुपैयाँ चुक्तापूँजी रहेको कम्पनीले १ अर्ब रुपैयाँ पूँजी कायम गर्न हकप्रदको सहारा लिएको हो ।


समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो  फेसबुक पेजका  साथै ट्वीटर  युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.