काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले धितोपत्रको कारोबार अनिश्चित कालका लागि बन्द रहने जनाएको छ ।
नेप्सेको शनिबार बसेको सञ्चालक समितिको बैंठकले धितोपत्र बोर्डको अर्को निर्देशन नहुँदासम्मका लागि असार ७ गते आइतबार देखि शेयर बजार बन्द रहने निर्णय गरेको हो ।
जेठ १ गते नेपाल धितोपत्र बोर्डले सरकारले गरेको लकडाउनको अवधि कायम रहदा सम्म बजार नखोल्ने निर्णय गरेकाले सोही बमोजिम सेयर पुँजी बजार स्थगित भएको नेप्सेले बताएको छ ।
यसअघि नेप्सेले गत बिहीबार सम्म बजार स्थगित रहेको सूचना जारी गरेको थियो । यसकारण आइतबार देखि बजार खुल्ने आंकलन गरिएको थियो । धितोपत्र बोर्डले अर्को निर्देशन नआउँदा सम्म बजार नखुल्ने नेप्सेले जनाएको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।