add

'ज्वाइँ साब'मा जोडिए हिमेश पन्त






ActPro Nepal

|

२९ चैत, २०८०

|
122

काठमाडौं । पहिलो ‘कमेडी च्याम्पियन’का विजेता हिमेश पन्त 'ज्वाइँ साब'मा अनुबन्धित भएका छन् । बुधबार उनले फिल्मका लागि  सम्झौता गरेका हुन् । फिल्ममा हिमेशको कमेडी भूमिका हुने जनाइएको छ ।

यो हिमेशको तेश्रो सिनेमा हो। यसअघि उनी 'वर एण्ड वधु' तथा 'शमशेर'मा अनुबन्धित भएका थिए।  सिनेमालाई वसन्त निरौलाले निर्देशन गर्दैछन्।

जितु नेपाल र नीति शाह मुख्य भूमिका रहेको सिनेमा आगामी बैशाख १५ गतेदेखि फ्लोरमा जानेछ। राजकुमार पण्डित, मीना देवी खड्का, सौगात पण्डित र पदम तामाङ निर्माता रहेको सिनेमाका कार्यकारी निर्माता विजय बस्याल  हुन् ।  सविन अधिकारीको कथा रहेको सिनेमामा शंकर धितालको पटकथा तथा संवाद लेखन छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.