add

सविन कुमार तोलाङगीको ‘ बधाई मुरी मुरी २ ’ को म्युजिक भिडियो सार्वजनिक ( भिडियोसहित )






ActPro Nepal

|

६ चैत, २०७९

|
592

काठमाडौं । गायक राजन श्रेष्ठको आवाज रहेको नेपाली आधुनिक गीत ‘ बधाई मुरी मुरी २’ को म्युजिक भिडियाे सार्वजनिक भएको छ ।

सविन कुमार तोलाङगीको निर्देशन रहेको म्युजिक भिडियोमा नेपाली साङ्केतिक क्षेत्रमा चर्चित मोडेल आयुश्मा कार्की, योगराज पाण्डे, पार्वती गिरी र अन्जिल जंग कुवँर क्षेत्रीको अभिनय रहेको छ, साथै बाल कलाकार सक्षम सिंह ठकुरीकाे समेतको अभिनय देख्न सकिन्छ।

म्युजिक भिडियोको निर्माण यस् बहादुर गुरुङ र कमल प्रसाद शर्माले गरेका छन् ।   

अलाङ्कार रेकर्डिङग् स्टुडियोमा रेकर्ड भएको गीतमा चन्द्र जप्रेलको शब्द रहेको छ, भने ज्ञानेन्द्र गिरीको संगीत तथा एरेन्ज रहेको छ । जसमा रन्जन राई रेकडिष्ट / मिक्स रहेका छन, बिसाल निरौला मास्टरिङ्मा रहेका छन । मेकपमा सीता मगर र सन्तोषी आचार्य रहेका छन् ।

काठमाडौंको विभिन्न रमणिय स्थानहरुमा छायांकन रहेको म्युजिक भिडियोमा राजेश घिमिरेले छायांकन गरेका छन । गीतको कोरियोग्राफी यम गुरुङले गरेका छन, भने सह - निर्देशनमा बिकल क्षेत्री रहेको छन । अशिस्टेन क्यामेराम्यान रन्जित तिमिल्सिना रहेका छन।




एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.