गोपाल दयालको नयाँ गीत ‘फ्लप सिंगर’ सार्वजनिक (भिडियो सहित)

गोपाल दयालको नयाँ गीत ‘फ्लप सिंगर’ सार्वजनिक (भिडियो सहित)

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  चर्चित गायक गोपाल दयालको नयाँ गीत ‘फ्लप सिंगर’ सार्वजनिक भएको छ । 

गीतमा शब्द गोपाल दयाल र सन्तोष बिसीको रहेको छ भने गीतलाई नरायण दंगालले संगीत संयोजन गरेका छन् । 

मिलन श्रेष्ठको निर्देशनमा तयार पारिएको भिडियोको छायांकन पुरुषोत्तम दाहालले गरेका छने भने रोशन गहा मगरले सम्पादन गरेका छन् । म्यूजिक प्लस स्टुडियोमा रेकर्डिङ गरिएको उक्त गीतमा गायक दयाल, नरायण दंगाल, शक्ति वाइवा र लोकेन्द्र नाथले अभिनय गरेका छन् । 

गायक दयालले कला गलाको मूल्यांकन नभई चर्तिकलाको मूल्यांकन हुने भन्दै गीत संगीत पैसासँग जोडिएको गीतमा उल्लेख गरेका छन् । जस्तो व्यक्तिपनि गायक भइरहेको भनि गीतमा समावेश गरेको छ । गायक दयालले अलि अलि खर्च गरेर म त गायक भइसके, अलिअलि पैसा तिरेर म त गायक भइसके । 

टिकटक, युट्युब, फेसबुकमा म त भाइरल भइसके लगायतका शब्द समावेश गरि गायकले गीत तयार पारेका छन् ।

Recent Comments

No comments to show.