add

कंगनाले चौथो पटक जितिन नेशनल अवार्ड






ActPro Nepal

|

९ कार्तिक, २०७८

|
860

काठमाडौं । बलिउड अभिनेत्री कंगना रनौतले चौथो पटक सर्वाेत्कृष्ट अभिनेत्रीको पुरस्कार प्राप्त गरेकी छन् । भारतीय उपराष्ट्रपति वेंकैया नायडूले ६७औँ राष्ट्रिय फिल्म अवार्ड विजेता फिल्म र कलाकारलाई पुरस्कार हस्तान्तरण गरेका हुन् ।

यसघि कंगनाले २००८ मा फिल्म ‘फेसन’मा सहायक अभिनेत्रीको रुपमा पहिलो राष्ट्रिय पुरस्कार, २०१४ मा ‘रानी’ फिल्मको सर्वश्रेष्ठ अभिनेत्रीको रुपमा दोस्रो राष्ट्रिय पुरस्कार र २०१५ मा कंगनाले ‘तनु वेड्स मनु’ मा बेस्ट एक्ट्रेस को पुरस्कार पाएकी थिइन् ।

मनोज वाजपेयीले ‘भोंसले’ र धनुषको ‘असुरन’बाट सर्वोत्कृष्ट अभिनेताको अवार्ड प्राप्त गरे । ६७औँ राष्ट्रिय फिल्म अवार्डमा नितेश तिवारीको निर्देशनमा रहेको फिल्म ‘छिछोरे’ उत्कृष्ट फिल्म घोषित भएको छ ।

सुपरस्टार रजनीकान्त ‘दादासाहेब फाल्के’ अवार्डबाट सम्मानित भएका छन् । केन्द्र सरकारको सूचना तथा प्रसारण मन्त्रालय, केन्द्रीय सरकार अन्तर्गत आउने चलचित्र महोत्सव निर्देशनालयले अवार्ड दिने गरेको छ । अवार्ड समाराेह कोरोना महामारीका कारण एक वर्ष ढिला भएकाे हाे ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.