add

फ्लोरेन्स चलचित्र महोत्सवमा ‘अ स्केरक्रो’लाई युनिसेफ आइरिस ७५ अवार्ड






ActPro Nepal

|

८ कार्तिक, २०७८

|
862

काठमाडौं ।नेपाली निर्देशक राजेश प्रसाद खत्रीद्वारा निर्देशित चलचित्र ‘अ स्केरक्रो’ले युनिसेफ इनोचेन्टी फिल्म फेस्टिवल २०२१ मा युनिसेफ आइरिस ७५ अवार्ड जितेको छ ।

युनिसेफको अनुसन्धान कार्यालय – इनोचेन्टीले आयोजना गरेको महोत्सवले आजको समयमा बालबालिका हुनुको अर्थ के हो भन्ने कुरा कुशलतापूर्वक दर्शाएका चलचित्रहरूको उत्सव मनाउँछ ।

फ्लोरेन्स (इटाली) मा २१ देखि २४ अक्टुबरसम्म आयोजित महोत्सवमा २९ देशहरूबाट ३९ वटा चलचित्रहरूको विशेष प्रदर्शन हुनेछ । महोत्सवको दोस्रो संस्करणमा १ सय १४ देशहरूबाट कुल १ हजार ७ सय चलचित्र प्राप्त भएको थियो ।

खत्री एक विद्यालयका शिक्षक पनि हुन् र उनको यस चलचित्रले किशोरीहरूलाई शिक्षा प्राप्त गर्नबाट रोक्ने सांस्कृतिक बाधाहरूलाई सही ढंगले चित्रण गरेको युनिसेफले विज्ञप्तिमा जनाएको छ ।

निर्णायक मण्डलीले ‘अ स्केयरक्रो’ लाई भिजुअल सिम्बोलिजम र बाल अधिकार सम्बन्धी महासन्धिलाई समर्थन गर्ने महत्त्वपूर्ण सन्देशको कारण चयन गरेको हो । हिमाली समुदायको परिवेशमा आधारित यो चलचित्रले आफ्नी आमालाई स्केयरक्रो (बुख्याचा) बनाउन सहयोग गर्नका लागि विद्यालय जानबाट बन्चित भएकी किशोरीको कथा देखाउँछ ।

दुर्गम गाउँको एक शिक्षक भएको हुनाले मैले निर्दोष बालबालिकाको एउटा समूहसँग कुराकानी गर्ने सौभाग्य पाएको छु जहाँ सधैँ म प्रत्येक विद्यार्थीको चिसा घरहरू, भत्किएका सपनाहरू, र उनीहरूको आँसुसँगै मेरा भावनाहरूलाई अनुभव गर्न सिकेको खत्रीको भनाइ छ ।

यी सत्य कथाहरूलाई प्रस्तुत गरी चलचित्रको माध्यमबाट म बालबालिकाको अधिकारको वकालत गर्न चाहन्छु र यी कथाहरू संसारका सबै भागमा पुग्ने आशा गर्दछु, उनले भने ।

महोत्सवका अन्य उत्कृष्ट चलचित्रहरुमा द गेम, अन्तरा, विइङ समवन एल्स, द नेम अफ द सन, आइल्याण्ड लिभिङलगायत रहेका छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.