add

छायाङ्कनको क्रममा विराज घाइते,कस्तो छ अवस्था?






ActPro Nepal

|

१२ साउन, २०७८

|
1398

काठमाडौं। अभिनेता विराज भट्ट घाइते भएका छन् ।

चलचित्र छायाङ्कनको क्रममा उनको खुट्टामा चोट लागेको हो । भोजपुरी चलचित्र ‘आक्रोश’को एक्सन दृश्य छायाङ्कन गर्दा उनको बायाँ घुँडामा चोट लागेर रगत जमेको छ । चलचित्रको छायाङ्कन भारतको लखनउमा भइरहेको थियो ।

उनलाई चिकित्सकले तीन साता आराम गर्न सल्लाह दिएको विराज निकट स्रोतले जनाएको छ । विराज घाइते भएसँगै हाललाई चलचित्र छायाङ्कन रोकिएको छ ।

सन्दीप सिंहले निर्देशन गरिरहेको चलचित्रमा प्राची सिंह, सञ्जय पाण्डेय, मनोज टाइगरलगायतको अभिनय रहनेछ । हालसम्म चलचित्रको ४० प्रतिशत छायाङ्कन सकिएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.