add

अर्को वर्षको दशैंमा ‘परदेशी २’ देशव्यापी प्रदर्शनमा आउने






ActPro Nepal

|

१२ माघ, २०७७

|
1223

काठमाडौं । नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी–२’ आउँदो वर्ष ०७८ को दशैंमा प्रदर्शन हुने भएको छ । हालै चलचित्रको छायाँकन सकिएसँगै निर्माण टिमले आउँदो वर्षको दशैंलाई प्रदर्शन मिति तय गरेको हो ।

निर्माता राजेश वंशलले लकडाउन अघि र पछि गरि ५० दिन लगाएर चलचित्रको छायाँकन गरिएको बताए । अमेरिका, भारतको विभिन्न स्थानसँगै नेपालको पोखरा, पाल्पा, चितवन, काठमाडौं लगायतका स्थानमा चलचित्रको छायाँकन गरिएको छ ।

छायाँकन सकिएको र परिस्थिति सामान्यतर्फ फर्किँदै गरेको हुनाले प्रदर्शन मिति तय गरिएको निर्माता वंशलले बताए । उनले भने, ‘यसवर्षको दशैंमा प्रदर्शन गर्ने सोचका साथ चलचित्रको छायाँकन शुरु गरेका थियौँ, तर कोरोना महामारीका कारण सम्भव भएन । अब आउने वर्ष दशैंमा प्रदर्शन गर्छौं ।’ चलचित्रको कथा दशैंको परिवेशसँग जोडिएको हुनाले प्रदर्शनका लागि दशैंलाई नै रोज्नुपरेको निर्देशक नारायण रायमाझीले बताए ।

उनले चलचित्रको विषयवस्तुले दर्शकको मन छुने बताए । ‘हामीले यसपटक अध्ययनका लागि विदेशिने नेपाली विद्यार्थीहरुको विषयवस्तुलाई केन्द्रमा राखेका छौँ । जुन विषयवस्तुलाई दर्शकले रुचाउनु हुनेछ’– निर्देशक रायमाझीले भने ।

नारायण ईन्टरनेशनल प्राली.को ब्यानरमा राजेश वंशल र नारायण रायमाझीले संयुक्तरुपमा ‘परदेशी २’ को निर्माण गरेका हुन् । चलचित्रको कथा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानका अध्यक्ष रहेका गीतकार रमेश विजीले तयार पारेका हुन् ।

चलचित्रमा दिलीप रायमाझी, प्रशान्त तामाङ्ग, प्रकाश सपूत, केकी अधिकारी, वर्षा सिवाकोटी, नीर शाह, सुशील पोखरेल, रमा थपलिया, देबेन्द्र बब्लू लगायतका कलाकारको अभिनय छ । लोकगायक प्रकाश यसै चलचित्रमार्फत अभिनेताको रुपमा डेब्यू गर्दैछन् । यसअघि दर्शकका लागि ‘गोर्खा पल्टन’, ‘परदेशी’ जस्ता सुपरहिट चलचित्र दिएका निर्देशक रायमाझी र निर्माता वंशलको ‘परदेशी–२’ तेस्रो चलचित्र हो ।

सुदीप कुँवर मुख्य सहायक निर्देशक रहेको चलचित्रमा मानकृष्ण महर्जनको छायाँकन, अष्ट महर्जनको द्वन्द्व, बि.बि. अनुरागीको संगीत तथा गोविन्द राई र रामजी लामिछानेको कोरियोग्राफी रहेको छ । चलचित्रलाई दीर्घ खड्काले सम्पादन गर्नेछन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.