add

अमेरिकी आइडलमा दिवेशको उत्साहजनक प्रस्तुती,निर्णायकले गरे खुलेर प्रशंसा






ActPro Nepal

|

४ चैत, २०७६

|
1201

काठमाडौं । ‘अमेरिकन आइडल’ मा छनोट भएका काठमाडौंका दिवेश पोखरेल अर्को उत्साहजनक प्रस्तुती दिएका छन् ।

उनको प्रस्तुतिलाई अडिसन राउन्डमा झैं यो पटक पनि निर्णायकले खुलेर प्रशंसा गरेका छन् । नमस्ते भनेर अभिवादन गरिसकेपछि उनले पहिले जसरी नै गितार बजाउँदै ‘हार्ड टु ह्यान्डल’ नामक गीत गाउन सुरु गर्छन् र फेरि पनि जजहरुलाई आश्चर्यमा पार्छन् ।

यसरी प्रस्तुती पूरा भइसकेपछि पनि सबैले ‘मोर मोर’ भनि उनलाई अझै गाइरहन भन्छन् । जसकारण उनले थप केहीबेर गाउँछन् । स्टेज बाहिर पुगिसकेपछि उनले आफू दर्शक र जजहरुको मन रिझाउन सफल भएको बताएका छन् । आर्थर गनका उपनामले गाउँदै आएका २० वर्षका पोखरेल करिव ६ वर्षअघि अमेरिका गएका थिए ।

उनी आफ्ना बुबा–आमासहितको परिवारमा क्यान्सस राज्यको विचिटामा बस्छन् ।




एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.