add

सिप्रदीद्धारा टाटा बसका लागि गोंगबुमा निःशुल्क चेकअप क्याम्प संचालन






ActPro Nepal

|

१४ असोज, २०८१

|
103

काठमाडौं । सिप्रदी ट्रेडिङ प्रालिले सम्पूर्ण टाटा बसहरूका लागि गोंगबु बसपार्कमा निःशुल्क चेकअप क्याम्प संचालन गरेको छ ।

चाडबाडको बेला यातायाता व्यवसायीलाई ढुक्कसंग यातायात संचालन गर्न सहयोग मिलोस भन्ने उद्देश्यले सिप्रदीले उक्त चेकअप क्याम्प संचालन गरेको हो ।

सिप्रदीका अनुसार गोगंबु बसपार्कबाट छुट्ने सम्पूर्ण टाटा बसहरूको बम्पर टू बम्पर चेकअप गरेर गाडीको कन्डिसनको जानकारी प्रदान गरिने छ । साथै, सुलभ मूल्यमा गाडीको मर्मत संभार गरिदिने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

सिप्रदीले चाडबाडको बेला हाइवेमा अचानक आई पर्न सक्ने समस्याहरूको समाधान गर्न चौबिसै घण्टा टोल फ्री सेवामार्फत हाइवे ब्रेक डाउन एसिस्टेन्स् सेवा उपलब्ध गराउने भएको छ । साथै, सम्पूर्ण सर्भिस सेन्टरहरू पनि खुला राखी सेवा प्रदान गरिने कम्पनीले जनाएको छ ।

त्यस्तै, सिप्रदीले कमर्सियल गाडीहरूको लागि असोज २२ गतेसम्म सिप्रदीका सम्पूर्ण सर्भिस सेन्टरहरूमा टाटा शुभकामना सर्भिस क्याम्पको आयोजना गरेको छ ।

जहाँँ ग्राहकले टाटा जेन्यूइन पार्ट्स, ल्यूब्रिकेन्टस् तथा लेबर चार्जमा १५ देखि ५० प्रतिशतसम्म छुट पाउने सिप्रदीले जनाएको छ । यस अवधिमा देशभर ५ हजारभन्दा बढी गाडीहरूको चेकअप गर्ने कम्पनीले लक्ष्य राखेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.