add

लिलाम नहुँदा सर्लाही भन्सारमै थन्किए करौडौंका सवारीसाधन






ActPro Nepal

|

१० असोज, २०८१

|
72

मलङ्गवा । समयमै लिलाम नहुँदा करोडौं मूल्य बराबरका सवारीसाधन सर्लाही भन्सार कार्यालयमा थन्किएका छन् ।सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले बरामद गरेर भन्सार कार्यालयमा दाखिला गरेका दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारीसाधन सवारीसाधनका काम नलाग्ने गरी बिग्रिन थालेका हुन् ।

भन्सार कार्यालयको पार्किङ क्षेत्रमा खुला आकाशमुनि वषौँदेखि राखिएका सावारी साधानमाथि झारपात पलाएको छ । सर्लाही जिल्लाका विभिन्न क्षेत्रबाट चोरी-पैठारी, भारतीय नम्बरको गाडीमा नेपाली नम्बर राखेका लगायतका सवारीसाधन सुरक्षा निकायले नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझाउने गरेको छ ।

भन्सार कार्यालयमा बुझाइएका अधिकांश सवारीसाधान भारतबाट अवैध रुपमा चोरी तस्करीका सरसमान ढुवानी गर्ने सवारी छन् । गाडीमध्ये सबैभन्दा बढी भन्सार प्रक्रिया पूरा नगरेका भारतीय नम्बरका मोटरसाइकल छन् । यस्तै भन्सार शुल्क नतिरी विभिन्न सामान चोरीपैठारी गरिरहेका अवस्थामा सुरक्षाकर्मीले नियन्त्रणमा लिइएका नेपाली गाडी पनि भन्सार कार्यालयको पार्किङमा राखिएका छन् ।

सुरक्षाकर्मीले चालु अवस्थामा भन्सार कार्यालय बुझाएका सवारीसाधन अहिले कामै नलाग्ने स्थितिमा पुगेको बताइएको छ । भन्सार कार्यालयमा थन्किएर रहेका सावारीसाधनलाई छठ पर्वलगत्तै लिलामी प्रक्रिया अगाडि बढाउने सर्लाही भन्सार कार्यालयका निमित प्रमुख भन्सार अधिकृत डम्बरबहादुर बस्नेतले जानकारी दिए ।

गत आर्थिक वर्षको जेठतिर ५०० सवारीसाधान लिलामी गरिएको जनाउँदै उनले मुद्दा टुङ्गो लागिसकेका सवारी साधनलाई चाँडै लिलामी प्रक्रिया अगाडि बढाउने बताए । भन्सार कार्यालयको पार्किङ (यार्ड) क्षेत्रमा राखिएको सवारीसाधनको सुरक्षाका लागि ट्रष्ट निर्माणको लागि विभागसँग रकम माग गरेका थियौं तर पैसा नआएका कारण ट्रष्ट निर्माण हुन नसकेको उहाँले जानकारी गराए ।

‘यातायात कार्यालयको इञ्जिनीयरले सबै गाडी हेरिसकेपछि यसको प्रतिवेदन तयार गरिने छ,’ उनले भने, ‘प्रतिवेदन प्राप्त गरेपछि मूल्याङ्कन समितिले मूल्य निर्धारण गरेर लिलामको सूचना निकाल्ने तयारी छ ।’ रासस


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.