add

टाटा मोटर्सद्वारा भ्यालेन्टाइन एक्सचेञ्ज अफर सार्वजनिक






ActPro Nepal

|

२४ माघ, २०८०

|
119

काठमाडौँ । नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक, सिप्रदी ट्रेडीङ्गले टाटा मोटर्स भ्यालेन्टाइन एक्सचेञ्ज कार्यक्रम “एक्सचेञ्ज वीद लव” को आयोजना गर्न लागेको छ । 

माघ २७ गते शुक्रबारदेखि ३ दिनसम्म आयोजना हुने कार्यक्रममा जुनसुकै ब्राण्डका पुराना गाडीहरुसंग नेपालमा सर्वाधिक रुचाइएका टाटाका अत्याधुनिक प्रविधियुक्त नेक्सन इभी र टियागो इभी लगायतका गाडीहरु साट्न सकिनेछ ।

 ग्राहकवर्गको परिवर्तित जीवनसैली र अत्याधुनिक सवारीहरु प्रतिको रुची तथा चाहनाहरुलाई मध्यनजर गर्दै यस कार्यक्रमको आयोजना गरिएको कम्पनीको भनाइ छ । उपत्यकाभित्र टाटा मोटर्सको शोरुम थापाथली, राधेराधे भक्तपुर, वेष्टर्न मोटर्स् महाराजगंज र जे.बि. मोटर्स् बालकुमारी र उपत्यका बाहिर रुद्रप्रिया इन्टरनेशनल, नेपलगञ्ज लगायत नेपालभरी रहेका टाटाका शोरुमहरुमा आयोजना गर्न लागिएको हो । 

यस एक्सचेञ्ज वीद लव कार्यक्रममा गाडी किन्ने ग्राहकहरुले आकर्षक एक्सचेन्ज बोनस, निःशुल्क रुपमा इभी गाडीहरुका लागि फास्ट चार्जर, १ वर्षको सवारी कर, एक्सेसरिज, सरप्राइज गिफ्ट र बम्पर उपहारमा आइफोन १५ प्राप्त गर्नेछन् । यस कार्यक्रमको मुख्य उद्देश्य भनेको ग्राहकवर्गलाई खेल तथा मनोरञ्जन मार्फत नौलो अनुभुति गर्दै गाडी किन्ने फरक एक्सपेरियन्स प्रदान गर्नु भएको कम्पनीको भनाइ छ । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.