टिभीएसको नयाँ वर्ष अफर, बाइक किन्दा हेल्मेट सित्तैमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालमा टीभीएसका दुई पाङ्ग्रे सवारी साधनको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले नयाँ वर्षमा ‘नयाँ अफर’ ल्याएको छ ।

टिभीएसले नयाँ वर्षमा आफ्ना हरेक बाइकको खरिदमा ८ हजारको स्योर सट क्यास डिस्काउन्ट, स्कुटरको खरिदमा ७ हजार स्योर सट क्यास डिस्काउन्ट, र अपाचे बाइकको खरिदमा रु ५ हजार मूल्य बराबरको हेल्मेट सित्तैमा दिने बताएको छ ।

साथै शून्य प्रतिशत ब्याजदरको फाइनान्स सुविधा र बाइक एक्सचेन्जमा बजार मूल्य भन्दा १० हजार बढी भ्यालुएसन पनि दिने खुलासा गरेको छ ।

अफर देशैभर यहि चैत १९ देखि सुरु भएर सीमित अवधिको लागि मात्र लागु हुने कम्पनीले बताएको छ ।

गुणस्तरीय उत्पादन, नवीन टेक्नोलोजीको प्रयोग, बिक्री पश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाको उपलब्धताका कारण नै टिभिएस रुचाइएको टु–ह्विलर ब्राण्डका रूपमा स्थापित रहेको कम्पनीको दाबी छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।