add

सर्लाहीमा पहिलो विद्युतीय सवारी चार्जिङ स्टेशन सञ्चालनमा






ActPro Nepal

|

२३ फागुन, २०७९

|
356

सर्लाही । पूर्व–पश्चिम लोकमार्गअन्तर्गत सर्लाहीको हरिवनमा विद्युतीय सवारी चार्जिङ स्टेशन सञ्चालनमा ल्याइएको छ । विद्युतीय सवारीसाधनको सङ्ख्या बढेसँगै पहिलो चार्जिङ स्टेशन सञ्चालनमा ल्याइएको हो ।

ऊर्जा मन्त्रालयको स्वीकृतिमा विद्युत् प्राधिकरणले १४२ किलोवाट क्षमताको दुई प्रकारका चार्जिङ उपकरण जडान गरिएको हो ।

दिगो कम्पनीका इञ्जिनियर सुजित पौडेलले चार्जिङ स्टेशनमा जीबीटी र सीसीएम चार्जिङ उपकरण जडान गरिएको भन्दै पहिलो मेसिनबाट ठूला र व्यावसायिक गाडी र दोस्रो उपकरणबाट जीप, कारजस्ता साना सवारी चार्ज गर्न मिल्ने जानकारी दिए ।

नेपाल विद्युत् प्राधिकरण लालबन्दी वितरण केन्द्रअन्तर्गत हरिवन केन्द्रका प्रमुख जागेश्वर रामले दुई वटा उपकरणबाट एकैपटक ६ वटा सवारी साधन चार्ज गर्न मिल्ने जानकारी दिए।

उपकरणमा राखिएको क्यूआर कोडमा ग्राहकले एनइए मोबाइल एपमार्फत स्क्यान गरेपछि उपकरणले चार्ज सुरु गर्ने उनको भनाइ छ । समयानुसार एपमार्फत ग्राहकले सञ्चित गरेको रकमबाट सिधैँ प्राधिकरणको खातामा पैसा जम्मा हुने प्रविधि मिलाइएको केन्द्रका प्रमुख रामले जानकारी दिए ।

‘साँझ ५ देखि ११ बजेसम्मको पिकआवरमा प्रतियुनिट रू १०.५० र राति ११ बजेदेखि बिहान ५ बजेसम्म रू ६.६० महसुल निर्धारण गरेको छ,’ विद्युत् प्राधिकरण लालबन्दीका सूचना अधिकारी विशाल श्रेष्ठले भने, ‘बिहान ५ देखि बेलुकी ५ बजेसम्मको समयमा सवारीसाधन चार्ज गर्दा प्रतियुनिट रू ८.५० विद्युत् महसुल निर्धारण गरिएको छ ।’

चालक मोहन थापाले चार्जिङ स्टेशन स्थापनापछि विद्युतीय सवारीसाधन सञ्चालन गर्न सजिलो र सस्तो भएको बताए । ‘डिजेल गाडीमा सर्लाहीबाट काठमाडौं पुगेर आउँदा कम्तीमा रू १० हजारको तेल मात्रै खर्च हुन्थ्यो,’ उनले थपे, ‘विद्युतीय सवारीले त्यति नै दूरी १ हजार खर्च गरे पुग्छ ।’


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.