काठमाडौं । काठमाडौंको गोगंबुस्थित नयाँ बसपार्कमा रहेको बीजी मलले दशैंतिहार लक्षित उपहार योजना सुरू गरेको छ । ‘यामाहा फ्यान्टास्टिक दशैं तिहार, हरेक हप्ता उपहारै उपहार’ योजनाबाट ग्राहकले विभिन्न आकर्ष उपहार पाउने मलले जनाएको छ ।
चाडपर्वका बेला अधिकांशले सपिङ गर्ने भएकाले कुनै न कुनै उपहारसहित सामान उपलब्ध गराउनका लागि उपहार योजना सुरू गरिएको मलका निर्देशक राजु गिरीले बताए ।
उपहार योजनामा सहभागी हुन ग्राहकले बीजी मलमा रहेका कुनै पसल वा बसिल क्याफेमा कम्तीमा १ हजार रुपैयाँको सामान खरिद गर्नु पर्नेछ । सामान खरिद गरेपछि ग्राहकले पाउने उपहार कुपनका आधारमा साप्ताहिक तथा बम्पर उपहारको घोषणा प्रदान गरिने गिरीले जानकारी दिए ।
बम्पर उपहारमा गोलाप्रथाबाट एक जनालाई यामाहाको १२५ सीसीको रेजर स्कुटर प्रदान गरिने मेला संयोजक हिरामणी तिमिल्सनाले जानकारी दिए । यस्तै, साप्ताहिक उपहारमा डिटिएच होम एप्लायन्सका वासिङ मेशिन, ग्यास एण्ड इलेक्ट्रिक हिटर, इलेक्ट्रिक ओभन, फ्रिज, राइसकुकर लगायतका सामानहरु उपहारको रुपमा पाउन सक्नेछन ।
असोज ६ गतेदेखि सुरू भएको यमाहा फ्यान्टास्टिक दशैं तिहार योजना आगामी कात्तिक ३० गतेसम्म सञ्चालन हुनेछ । मलमा विभिन्न घरायसी, विद्युतीय सामग्री, मोबाइल शोरुम, लत्ताकपडा, श्रृंगार तथा सौन्दर्य सामाग्री, रेष्टुरेण्ट, सिनेमा हल, बैंकको कार्यालय, एटीएम लाउञ्ज लगायत ५ दर्जन बढी पसलहरु सञ्चालनमा छन् ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।