add

सहारा एपको चाडपर्व अफरमा स्कुटर जित्ने मौका






ActPro Nepal

|

९ असोज, २०७९

|
463

काठमाडौं ।  राइड सेयरिङ एप सहारा एपले ‘सहारा चाडपर्व अफर’ ल्याएको छ ।

कम्पनीले ग्राहक, बाइक र क्याब राइडर लक्षित गरेर कम्पनिले ल्याएको अफरमा इलेक्ट्री स्कुटर, फ्रिज, स्मार्ट फोन, फाइक्रो ओभन, हिटर, वारिङ मेसिनसम्म उपहार राखिएको छ । त्यस्तै नगद उपहार पनि जित्न सकिने छ ।

जति धेरै सहाराको राइड लिन सक्यो त्यति नै जित्त मौका बढि रहने कम्पनिले जनाएको छ । सबै उपहारहरु छठ पर्व पछि प्रदान गरिने कम्पनिका अध्यक्ष शेखर श्रेष्ठले जानकारी दिए ।

अध्यक्ष श्रेष्ठका अनुसार पहिलो, दोस्रो र तेस्रो गरेर उपहार प्रदान गरिनेछ । यसका साथै अन्य आकर्षक गिफ्टहरु पनि रहेको कम्पनीले जनाएको छ ।

यो अफर योजना अवधि छठ सम्म रहेको कम्पनीले जनाएको छ । साथै अहिले कम्पनिले नि:शुल्क राइडर दर्ता अफर पनि सञ्चालनमा ल्याएको छ ।

यसबाट नयाँ राइडरले फाइदा लिन सक्ने अध्यक्ष श्रेष्ठले जानकारी दिए । नेपालमा सन् २०१९ देखि राइड सेयरिङ सेवा सुरु गरेको सहारा एपले निकट भविष्यमा फुड तथा अन्य सेवा पनि प्रदान गर्ने कम्पनीका सीईओ विशाल जीसीले जानकारी दिए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.