add

नाडामा महिन्द्राका नयाँ विद्युतीय सवारीसाधन सार्वजनिक






ActPro Nepal

|

७ असोज, २०७९

|
458

काठमाडौं । नेपालका लागि महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडको प्यासेन्जर भेहिकलहरुको आधिकारीक वितरक अग्नि ग्रुपको सहायक कम्पनी अग्नी इनर्जीले यस पटकको इभि नाडा अटो शोमा महिन्द्राको पछिल्लो उत्पादन महिन्द्रा ट्रीयो झोर नेपाली बजारमा ल्याएको छ ।

ट्रीयो झोर एक क्रान्तिकारी नयाँ इलेक्ट्रिक थ्री–व्हीलर पिकअप हो। जुन कार्गो खण्डमा र अन्तिम माइल डेलिभरीलाई पुनः परिभाषित गरेको छ ।

महिन्द्रा ट्रीयो झोर उत्कृष्ट ग्राहक मूल्य प्रस्ताव प्रदान गर्न अत्याधुनिक प्रविधिको साथ विकसित गरिएको छ र प्रत्येक ग्राहकको आवश्यकता पूरा गर्न ३ भेरियन्टमा उपलब्ध छ।

अतुलनीय वृद्धिशील बचत, उद्योगमा उत्कृष्ट कार्यसम्पादन र उन्नत लिथियम–आयन प्रविधि जस्ता हाइलाइटहरूका साथ, ट्रीयो झोर कार्गो खण्डमा गेम चेन्जर हुन तयार भएर आएको छ।

यस पटकको नाडा इ.भि अटो एक्सपो २०२२ मा अग्नी इनर्जीले महिन्द्रा इलेक्ट्रिक ३ पाङ्ग्रे ट्रीयो ई–रिक्शा, ट्रीयो अटो र नयाँ महिन्द्रा इलेक्ट्रिक ट्रीयो पिकअप अवलोकन गर्न पाउने छन् ।

नेपालको ठुला चाडपर्वहरू विश्वकर्मा पूजा, दशैं, तिहार र छठलाई लक्षित गर्दै यी तीन इलेक्ट्रिक सवारी साधनहरुमा स्क्र्याच कार्ड मार्फत आकर्षक नगद पुरस्कारहरु र एक लाख रुपैयाँको बम्पर पुरस्कार समेत राखेकोे जानकारी कम्पनिले गराएको छ।

यो योजना महिन्द्रा इलेक्ट्रिक ३ पाङ्ग्रे ट्रीयो ई–रिक्शा, ट्रीयो अटो र पिकअप खरिद गर्नेका लागि असोज एक २०७९ देखि १५ कार्तिक २०७९ सम्म लागू हुनेछ ।

कम्पनिको अनुसार, “नाडा इ.भि अटो एक्सपो २०२२ मा अग्नी इनर्जीले भारतीय बजारमा सार्वजनिक भएको छोटो समयमा नै आफ्नो अलगै पहिचान बनाउन सफल यो नयाँ इलेक्ट्रिक थ्री–व्हीलर पिकअप गाडीले नेपाली बजारमा निकै राम्रो बजार बिस्तार गर्ने कम्पनीको आशा छ ।

साथै यसले नाडा इ.भि अटो एक्सपो २०२२ मा सबैको ध्यान खिच्ने अपेक्षा कम्पनीको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.