add

टिभिएसको नयाँ एनटर्क १२५ रेस एक्स पी नेपाली बजारमा, मूल्य कति ?






ActPro Nepal

|

३ असोज, २०७९

|
353

काठमाडौं । टिभिएस मोटरले नयाँ टिभिएस एनटर्क १२५ रेस एक्स पी नेपाली बजारमा सार्वजनिक गरेको छ।

यो मोडलमा टिभिएस स्मार्ट कनेक्ट टिएम कनेक्टिभिटि प्ल्याटफर्म, राइड मोडहरू छान्ने सुविधा हुनुको साथै हलुका भएकाले चलाउन सजिलो हुने कम्पनीले जानकारी दिएको छ।

यो भन्दा अगाडि नै कनेक्टेड मोबिलिटीको क्षेत्रमा आफ्नै छुट्टै स्थान बनाइसकेको टिभिएसले स्कुटर उद्योगमै सबैभन्दा पहिला नयाँ भोइस–असिस्ट फिचर युक्त स्मार्ट कनेक्ट टीएम कनेक्टिभिटी प्ल्याट्फर्म सहितको स्कुटर सार्वजनिक गरिसकेको छ।

यसमा मोड चेन्ज, नाभिगेसन, कन्सोल ब्राइट्नेस अड्जस्टमेन्ट र डिएनडिलगायत अन्य थुप्रै कनेक्टिभिटि फङ्सनहरू समावेश गरिएको छ ।

१२५ सिसी सेग्मेन्टमा १० पिएसभन्दा धेरै पावर हुने यो नेपालकै एक मात्र स्कुटर भएको कम्पनीको दाबी छ।

पहिलाको भन्दा सुधारिएको ग्यास फ्लो डाइनामिक्स र कम्बुस्चन ले यसको पावर डेलिभरी अझै राम्रो बनाएको छ।

यसमा प्रयोग भएको एड्भान्स्ड इन्जिनियरिङ पोलिमर र सर्वाधिक बलियो एलोए स्टिलले यसलाई अझ हलुका बनाएको छ जसले गर्दा यो स्कुटर चलाउन पनि सजिलो छ।

कम्पनीको इन्टरनेशनल बिजनेसका उपाध्यक्ष राहुल नायकले भने, ‘नेपालमा टिभिएस एनटर्क १२५ रेस एक्स पी लन्च गर्न पाउँदा हामी अत्यन्तै हर्षित छौं। टिभिएस एनटर्कले लन्च गरेदेखि नै नेपाली राइडरहरूबाट सबै सकारात्मक प्रतिक्रिया आइरहेको छ।’

भर्खरै लन्च गरिएको यस स्कुटर उच्चशक्ति, फर्स्ट–इन–सेगमेन्ट डुअल राइड मोडहरू, उच्च टप स्पीड र उत्कृष्ट एक्सेलेरेशन प्रदान गर्ने नायकले बताए।

यस स्कुटरले उत्कृष्ट कार्य सम्पादनको प्रतिवद्धता मात्रै नगरेर उत्कृष्ट श्रेणीको कनेक्टिभिटी र सवारी साधनका विशेषताहरू सहितको सेगमेन्ट–फर्स्ट १०.२ पीएस पावरले भरिएको छ जसले ग्राहकलाई थप आनन्द दिने बताइएको छ।

यसको नयाँ विशेषता यसमा भएको ब्लुटुथ इनेबल्ड स्मार्ट कनेक्ट टीएम हो। जसलाई टिभिएस कनेक्ट मोबाइल एपमार्फत कनेक्ट गर्न सकिन्छ ।

यसमा भएको भोइस असिस्ट फिचरले राइडरको न्याभिगेसन लन्च गर्ने, मोड चेन्जगर्ने लगायत १५ छुट्टा–छुट्टै भोइस कमान्डहरू लिन्छ।

यसले गर्दा राइडरहरूले ड्राइभ गर्दा–गर्दै पनि कुनै पनि ब्लुटुथ कनेक्टेड डिभाइसमार्फत आवाजकै भरमा विभिन्न सेटिङ कन्ट्रोल गर्न सक्नेछन्।

त्यस्तै, अपडेटेड र रिफ्रेस्ड युआई/युएक्स एवम् राइड मोड बेस्ड लाइभ ड्यासबोर्ड युक्त टिभिएस कनेक्ट एपले राइडरहरुलाई एउटा नयाँ राइडिङ अनुभव प्रदान गर्ने बताइएको छ।

त्यस्तै यसको अर्को अपडेट भनेको पर्फर्मेन्स पारामिटरलाई ग्राफिकल्लि देखाइनुका साथै नियमित आवतजावत गरिरहने रुटहरू सेभ पनि गर्न मिल्छ।

यसमा भएको टिभिएस रेसिङ पेडिग्रीले स्कुटरलाई उच्चतम पर्फर्मेन्स प्रदान गर्छ। साथै यसमा भएको रेस टनेल फुएलइन्जेक्सन (आरटी–इफआई) इन्जिनले ५५०० आरपी टर्क प्रदान गर्छ।

त्यस्तै यसमा एक स्विचमै रेस मोड अथवा स्ट्रिट मोड छान्न सक्ने सुविधा पनि राइडरहरूले पाउनेछन्।

रेस मोडमा हाइवेमा स्कुटरको स्पिड भने ९८ किमि प्रति घण्टासम्म बढाउन मिल्छ भने स्ट्रिट मोड शहरको ट्राफिकमा उपयुक्त हुन्छ। स्ट्रिट मोड एक्टिभेट गरेपछि माइलेज बढ्नुका साथै राइडिङ स्मुथ हुन्छ।

हेर्दा चिटिक्क परेको यो स्कुटरमा भन्दाभिन्दै र आकर्षक देखिने सिग्नेचर हेड ल्याम्प, एलइडि टेल ल्याम्प राखिएको छ।

नामअनुसार यसको कलर थिम र रेस इन्स्पायर्ड ग्राफिक्स् पनि रहेको बताइएको छ। साथै स्पोर्टि रेडव्हीलस्ले यो स्कुटरलाई झनै स्टाइलिश देखाएको छ।

ट्राइ–टोनकलर रिम सहितउपलब्ध यो स्कुटरको मूल्य तीन लाख पाँच हजार नौ सय रुपैयाँ रहेको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.