add

हिरोले ल्यायो नयाँ फाइनान्स स्किम,९ प्रतिशत व्याजदरमा मोटरसाइकल तथा स्कुटर






ActPro Nepal

|

६ साउन, २०७९

|
602

काठमाडौं । हिरो मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता नेपाल जनरल मार्केटिङ प्रालिले नयाँ स्किम ल्याएको छ । 

उक्त स्किम अन्तर्गत ग्राहकले  फाइनान्स सुविधामा बाइक खरिद गर्दा ९ प्रतिशत व्याजदर तिरे पुग्नेछ ।

यो नयाँ अफरमा ग्राहकले ४० प्रतिशत डाउनपमेन्ट भुक्तानी गरेर नयाँ वाइक खरिद गर्दा वाँकी ६० प्रतिशतलाई फाइनान्स सुविधाका रुपमा उपभोग गर्न पाउनेछन् । 

उक्त रकमलाई शुरुमा १३ प्रतिशत व्याजदरका दरले मासिक किस्ता तिर्दै जाँदा समयमै भुक्तानी गर्ने ग्राहकले पछि व्याजवापत भुक्तानी गरेको कुल रकमको ४ प्रतिशत रकम फिर्ता पाउने भएका हुन् ।

यसरी अन्तिममा ४ प्रतिशत व्याज फिर्ता पाउँदा ग्राहकले जम्मा ९ प्रतिशत व्याजरमा फाइनान्स सुविधा पाउने देखिएको हो । यसका लागी कम्पनीले आफ्नै वित्तिय संस्थाबाट फाइनान्सको सहजिकरण गरिदिनेछ । 

हिरोसंंग अहिले बजारमा एक्सपल्स, एक्सिट्रम स्पोर्टस, एक्सट्रिम २०० आर, एक्सटिङम १६० आर, एचिभर, हंक, ग्ल्यामर, एचएफ डिलक्स, स्प्लेन्डर आई स्मार्ट र सुपर स्प्लेन्डर लगायत मोडलका मोटरसाइकल उपलब्ध छन भने स्कुटरमा डुएट, माइस्ट्रो एज, प्लेजर, प्लेजर प्लस र डेस्टिनी मोडलका स्कुटर उपलब्ध छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.