add

चेरीको फ्ल्यागसिप मोडल टिग्गो ८ प्रो अब नेपालमा






ActPro Nepal

|

२९ जेठ, २०७९

|
605

काठमाडाैं । एसपीजी अटोमोबाइल्सले चेरी ब्रान्डको फ्ल्यागसिप मोडल टिग्गो ८ प्रो नेपाली बजारमा सार्वजनिक गरेको छ ।

नेपालमा चेरी कारका लागि एक मात्र आधिकारिक वितरक एसपीजीका अनुसार चेरीको टेक्नोलोजी समावेश गरिएको चेरी टिग्गो ८ प्रो १.६ टीजीडीआई र ७ डीसीटीको संयोजनले भरिएको छ । 

यो गाडीमा फुल एलईडी लक्जरी लाइटिङ सेट र विशेष लक्जरियस लेदर सिटहरू स्ट्यान्डर्डको रूपमा उपलब्ध छन् ।

टिग्गो ८ प्रोको लम्बाइ, चौडाइ र उचाइ क्रमशः ४७२२, १८६०, १७४५, १७४५ मिलिमिटर छ । टिग्गो ८ प्रो पारिवारिक शैलीमा नयाँ पुस्ताको ‘पिक ग्रिल’ डिजाइन अवधारणामा आधारित छ ।

यसमा भएको इन्टिग्रेटेड डाइनामिक टर्निङ सिग्नलसहितको फुल एलईडी हेडल्याम्प र म्याट्रिक्स डायमण्डजस्तो फ्रन्ट ग्रिल डिजाइनले एक अद्वितीय, त्रि–आयामिक र हार्ड–एज्ड भिजुअल इफेक्टको प्रतिनिधित्व गर्दछ । 

साथै, टायर प्रेसर मोनिटरिङ सिस्टम, १८ इन्चको अलोय ह्विल, मेमोरी इनेबल मिरर, स्टाइलिस एलईडी ब्रेक लाइट र सिक्वेन्सियल टर्न सिग्नलसहितको एलईडी टेलल्याम्पले कलात्मक सुन्दरता र उच्च प्रविधिका साथ फ्ल्यागसिप दृश्य अनुभवलाई पुनः आकार प्रदान गर्छ । 

यसमा १९६ मिलिमिटरको प्रभावशाली ग्राउन्ड क्लियरेन्स छ । टिग्गो ८ प्रोमा भएको एचडी फ्लोटिङ सेन्टर एलसीडी स्क्रिनमा १९२० बाई ७२० सम्मको रिजोलुसन छ । १२.३ इन्चको आकर्षक इन्स्ट्रुमेन्ट क्लस्टर र १०.२५ इन्चको इन्फोटेनमेन्ट सिस्टमका साथै ८ इन्चको एलसीडी एयर कन्डिसनर सिस्टम टेक्नोलोजीको संयोजनबाट ट्रिपल–स्क्रिन अन्तरक्रियाको अनुभव गर्न सकिन्छ । 

यसमा ३६० डिग्री बर्ड्स आई भ्यु प्यानोरामिक सुपर–डेफिनेसन ब्याकअप क्यामेरा जडान गरिएको छ । यो कार रोल्यान्ड पर्पल, कार्बन क्रिस्टल ब्ल्याक, राइन ब्लु, न्यु खाकी ह्वाइट, सेलाडन ग्रे र ज्वेल रेड गरी विभिन्न ६ कलरमा उपलब्ध हुनेछ । टिग्गो ८ प्रो फ्ल्यागसिप मोडलको मूल्य ९९ लाख ५० हजार तोकिएको कम्पनीले जनाएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.