add

बेनेलीको नयाँ वर्ष अफर, बाइक र स्कुटर खरिदमा ‘सोझै २५ हजार क्यास डिस्काउन्ट’






ActPro Nepal

|

९ चैत, २०७८

|
937

काठमाडौं । इटालीको उत्कृष्ट बाइक, बेनेलीले नयाँ क्याम्पेन अन्तर्गत ‘सोझै २५ हजार क्यास डिस्काउन्ट’ नो सेयर, नो लक, नो स्क्रयाच कुपन योजना ल्याएको छ ।

नेपाली नयाँ वर्ष २०७९ को अवसरमा नेपालमा रहेका बेनेली बाइक र स्कुटरका सबै भेरियन्टका लागि २५ हजारसम्मको नगद छुटको घोषणा गरेको हो ।

बेनेली बाइकका सबै नयाँ ग्राहकहरूले यो नगद छुट प्राप्त गर्न सक्ने छन् । यो अफर नगद, फाइनान्स वा एक्सचेन्जबाट गरिएको कुनै पनि खरिदमा उपलब्ध हुने बताइएको छ ।

इटालियन ब्राण्ड बेनेलीका प्रिमियम, प्रिमियम प्लस र टुर सेग्मेन्टका बाइकहरु नेपालमा उपलब्ध छन् । भने हालै सार्वजनिक भएको स्कुटर बेनेली पनेरा १२५ सीसीको लोकप्रिय बन्दै गएको कम्पनीले बताएको छ ।

सबै प्रकारका राइडरहरूको आवश्यकता पूरा गर्ने बेनेलीको १५० देखि ७५२ सीसीसम्मका विभिन्न बाइकहरू नेपालमा उपलब्ध छन् । बेनेली ब्रान्ड परिष्कृत सुविधा, स्टाइलिस डिजाइन र शक्तिशाली इन्जिनका लागि विश्वव्यापी रुपमा परिचित रहेको कम्पनीले बताएको छ ।

नेपालमा स्थापना भएदेखि नै बेनेलीले आफ्ना ग्राहकका लागि विभिन्न योजना र अफरहरु ल्याइरहेको छ । यो अफरले ७ हजारभन्दा धेरै उत्साही राइडरहरुको परिवारमा थप वृद्धि ल्याउने कम्पनीको विश्वास छ ।

६ वर्षभन्दा बढी समयदेखि केटिएम इन्टरनेशनल ट्रेडिङ प्रालिले नेपालका लागि ११० वर्ष पुरानो इटालियन ब्रान्ड बेनेलीको एकमात्र आधिकारिक वितरक र बिक्रेता हो ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.