add

हाभल ब्राण्डले उत्पादन गरेको ‘एच सिक्स’लाई ५ स्टार रेटिङ






ActPro Nepal

|

९ चैत, २०७८

|
726

काठमाडौं । ग्रेटवाल मोटर्स अन्तर्गतको हाभल ब्राण्डले उत्पादन गरेको एच सिक्स मोडलले आसियन एनक्यापले गरेको क्र्यास परिक्षणमा ५ सटर रेटिङ पाएको हो । जि.डब्लु.एमपिक–अपपजवर पछि यस्तो उच्च मूल्याङ्कन प्राप्तगर्ने एच ६ जि। डब्लु। एमको दोस्रो गाडी हो ।


हाभल एच सिक्सले एडल्ट अकुप्यान्ट प्रोटेक्सनमा ९० प्रतिशत र चाइल्ड अकुप्यान्ट प्रोटेक्सनमा ८८ प्रतिशत अंक पाएको थियो । साथै, सडकमा हिड्को सुरक्षामा ७३ प्रतिशत र सेफ्टी असिस्टमा ८१ प्रतिशत आंक पाएको थियो ।

नेपालमा पनि भिजी इम्पेक्सले हाभल एच सिक्स मोडल विक्री गर्दै आएको छ । चिनियाँ ब्राण्ड हाभलका उत्पादन अहिले विश्वका ६० भन्दा धेरै देशमा विक्री वितरण हुँदै आएका छन् ।

हाभालएच ६ को सक्रिय सुरक्षा सुविधाहरुलाई एनक्यापले ले तारिफ गरेको छ र सबै आपतकालिन लेन राख्ने परिक्षण अवस्थाहरुसँगै कार–टु–कार र कार–टु–साइक्लिस्ट अटोनेमस इमर्जेन्सी ब्रेकिङ क्षमताहरुलाई राम्रो मूल्याङ्कन गरेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.