add

एमजीको नयाँ विद्युतीय गाडी ‘जेडएस इभी’ नेपाली बजारमा, मूल्य कति ?






ActPro Nepal

|

१६ फागुन, २०७८

|
815

काठमाडौं । नेपालमा एमजी (मोरिस ग्यारेज) मोटर्सको एक मात्र आधिकारिक वितरक पारामाउन्ट मोटर्सले नयाँ विद्युतीय गाडी एमजी जेडएस इभी सार्वजनिक गरेको छ ।

नक्साल सोरुममा एक औपचारिक कार्यक्रम गरी विद्युतीय गाडी जेडएस इभी सार्वजनिक गरिएको हो । स्ट्यान्डर्ड रेन्ज र लङ्ग रेन्ज गरी दुई भेरियन्टमा आउने यो एमजी जेडएस् इभिमा दुईवटा ब्याट्री प्याकको विकल्प पाउन सकिन्छ ।

एउटा ५१.५ किलोवाट आवर हाइ–टेक ब्याट्री प्रयोग भएको छ । यसको रेन्ज ३१९ किमी छ । अर्को ७२.६ किलोवाट आवर ब्याट्री भएको जसको रेन्ज ४४० किमी छ । यसको ग्राउन्ड क्लियरेन्स १७५ मिमी छ ।

एमजी जेडएस इभि २०२२ को इन्टेरियर र एक्स्टेरियरमा नयाँँ डेकोरेसन र अपडेटहरु गरिएको छ । यसको इन्टेरियरमा १०.१ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली र ७ इन्चको डिजिटल ड्राइभर डिस्प्ले रहेको छ । साथै रोटरी डायल गियर नब, ड्राइभिङ मोड र ब्रेकिङ रिजेनेरेसन छ । यसमा हेडल्याम्प, इन्टिग्रेटेड एलईडी डीआरएल, एलईडी टेल ल्याम्पहरू छन् ।

एमजी पाइलट नाम दिइएको अटोमेटिक इमर्जेन्सी ब्रेकिङ सहितको एड्भान्स्ड ड्राइभर अस्सिस्टेन्स सिस्टम भएकोले यो गाडी एकदमै सुरक्षित मानिएको छ । एमजी जेडएस इभि २०२२ मा १३० एचपिको पावर र २८० एनएम टर्क भएको पर्मानेन्ट म्याग्नेट सिन्क्रोनस मोटर रहेको छ । यो ८.५ सेकेन्डमा १०० किलोमिटर प्रतिघण्टाको दरमा गूड्न सक्छ ।

एमजीको सिग्नेचर ग्लोबल डिजाइन भएको यो एलेक्ट्रोनिक गाडीमा पानोरमिक सनरुफ, १७ इन्चको डायमन्ड् कट एलोय व्हील्स र २.५ को पिएम फिल्टर लगायत अन्य धेरै सुविधा रहेका छन् ।

एमजी जेडएस इभि २०२२मा पावर्ड ड्राइभर सिट, अटोमेटिक हेडलाइट र वाइपर, कनेक्टेड कार टेक्नोलोजी, ६ वटा एयरब्याग, हिल स्टार्ट, डिसेन्ट कन्ट्रोल अल–ह्वील डिस्क ब्रेक, टायर प्रेसर मोनिटरिङ सिस्टम र इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल छन् ।

यसको चार्जिङ पोर्ट एमजी ब्याजको छेउमा राखिएको छ । साथै यसमा मोबाइल वायरलेस चार्जिङ, ब्लाइन्ड स्पट मोनिटरिङ, अडप्टिभ क्रुज कन्ट्रोल, लेन किप असिस्ट र ३६० डिग्री क्यामरा पनि रहेको छ ।

स्ट्यान्डर्ड रेन्ज गाडीको मूल्य ५१ लाख ९९ हजार र लङ रेन्ज ५९ लाख ९९ हजार रहेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.