add

नेपालमा भित्रियो भारतीय टायर ‘एसेन्सो’






ActPro Nepal

|

२४ माघ, २०७८

|
854

काठमाडौं । नेपाली बजारमा भारतको नयाँ टायर ब्राण्ड ‘एसेन्सो’ का अफ द रोड अर्थात ओटीआर टायर भित्रिएका छन् ।

ओटीआर टायर बजारको क्षेत्रमा नेपाली बजारमा पहिलेदेखि नै कार्यरत डेल्टा डिस्ट्रिब्युटर्सले एसेन्सो टायर ब्राण्ड भित्र्याएको हो ।

आज आयोजित एक कार्यक्रमका बीच नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सो टायर सार्वजनिक गरे ।

सो अवसरमा अध्यक्ष सिंहले भने, ‘निर्माण कार्यमा प्रयोग हुने हेभी इक्विपमेन्टका लागि आवश्यक यस्ता ओटीआर टायर गुणस्तरीय हुनु आवश्यक छ ।

गुणस्तरीय टायर उपलब्ध गराएर डेल्टा डिस्ट्रिब्युटर्सले नेपालको निर्माण कार्यलाई समेत गुणस्तरीय बनाउन सहयोग गर्दै आएको छ । एसेन्सो ब्रान्डका टायरले पनि आगामी दिनमा यस कार्यमा सहयोग गर्ने अपेक्षा गर्न सकिन्छ ।’


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.