add

हायर पर्चेज कर्जामा नयाँ व्यवस्था लागू, धितो मूल्यको अधिकतम सीमा ८० प्रतिशतसम्म






ActPro Nepal

|

१६ माघ, २०७८

|
792

काठमाडौं  । नेपाल राष्ट्र बैंकले हायर पर्चेज कर्जामा नयाँ व्यवस्था लागू गरेको छ ।

नेपाल राष्ट्र बैंकले ‘हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवं प्रक्रियागत व्यवस्था, २०७०’ को तेस्रो संशोधन गर्दै नयाँ व्यवस्था गरेको हो।

संशोधित व्यवस्थाअनुसार अब हायर पर्चेज कम्पनीले कर्जा प्रवाह गर्दा धितोको मूल्यको अधिकतम ८० प्रतिशतसम्म मात्र कर्जा प्रवाह गर्नुपर्नेछ।

हायर पर्चेज कर्जा प्रवाहका लागि स्वीकृत पाएका कम्पनीहरुले फाइनान्सिङको व्यवस्था गर्दा अब खरिदकर्ताबाट अनिवार्य रुपमा कम्तीमा २० प्रतिशत डाउनपेमेन्ट लिँदै पर्ने बाध्यकारी व्यवस्था राष्ट्र बैंकले गरेको हो ।

यसअघि सवारी बिक्रेता कम्पनीले आफैँ हायर पर्चेज कर्जा प्रवाह गर्दा ९० प्रतिशतसम्म कर्जा लगानी गर्दै आएका थिए । अब भने ८० प्रतिशतसम्म बढी गर्न नपाउने भएका हुन् ।

नयाँ व्यवस्थामा कम्पनीले एउटै ग्राहक, फर्म, कम्पनी वा समुहलाई प्रदान गर्न सक्ने कर्जाको सीमा अघिल्लो त्रयमासको खुद सम्पत्तिको बढीमा ३० प्रतिशतसम्म कायम गरिएको छ। यस प्रयोजनका लागि आपसी सम्बन्ध भएका ग्राहकको समूहलाई देहायका अवस्थामा एउटै समूह मानिनेछ–

(अ) कुनै कम्पनीले अर्को कम्पनीको २५ प्रतिशत वा सोभन्दा बढी सेयर लिएको भए त्यस्ता कम्पनीहरु,

(आ) कुनै व्यक्ति, कम्पनीको सञ्चालक, प्राइभेट लिमिटेड कम्पनीका सेयरधनी, साझेदारी फर्मका साझेदार, फर्मका प्रोप्राइटर तथा त्यस्ता व्यक्ति, सञ्चालक, सेयरधनी, साझेदार वा प्रोप्राइटरका एकाघरमा बसोबास गरी आएका वा छुट्टाभिन्न भएका पति वा पत्नी, छोरा, छोरी, धर्मपुत्र, धर्मपुत्री, बाबु, आमा, सौतेनी आमा र आफूले पालनपोषण गर्नु पर्ने दाजु, भाइ, तथा दिदी, बहिनी,

(इ) उपखण्ड (आ) मा उल्लिखित व्यक्तिहरुले एक्लै वा संयुक्तरुपमा अर्को कम्पनीको २५ प्रतिशत वा सो भन्दा बढी सेयर लिएको भए त्यस्ता कम्पनीहरु,

(उ) उपखण्ड (आ) मा उल्लिखित व्यक्तिहरुले एक्लै वा संयुक्त रुपमा अर्को कम्पनीको २५ प्रतिशत भन्दा कम सेयर लिएको भए तापनि त्यस्तो कम्पनीको व्यवस्थापनमा देहायका किसिमबाट नियन्त्रण भएका कम्पनीहरुः– (१) सञ्चालक समितिको अध्यक्ष भई, (२) कम्पनीको कार्यकारी प्रमुख भई, वा (३) कम्पनीको सञ्चालकहरुमध्ये २५ प्रतिशतभन्दा बढी सञ्चालकहरु नियुक्त गरी ।

(ए) एकै समूहका भनी आवद्ध रहेका फर्म, कम्पनी वा त्यस्ता समूहका सदस्यहरु,

(ऐ) उपखण्ड (आ) बमोजिम एउटा ग्राहक वा कम्पनीले अर्को ग्राहक वा कम्पनीलाई जमानत दिएको भए त्यस्ता ग्राहक वा कम्पनीहरु।

(ओ) फर्म, कम्पनी बाहेक अन्य संस्थाहरुको हकमा सो संस्था सञ्चालन, नियन्त्रण वा व्यवस्थापनमा प्रत्यक्ष संलग्न व्यक्ति वा निजको एकाघरमा बसोबास गरी आएका वा छुट्टाभिन्न भएका पति वा पत्नी, छोरा, छोरी, धर्मपुत्र, धर्मपुत्री, बाबु, आमा, सौतेनी आमा र आपूmले पालनपोषण गर्नु पर्ने दाजु, भाइ, तथा दिदी, बहिनी ।

हायर पर्चेज कम्पनीले ग्राहकबाट किस्ता रकम असुल हुन नसकी बक्यौता रहेमा त्यस्तो किस्ता रकम ६ महिनाभन्दा बढी अवधिले भाखा नाघेमा बक्यौता किस्ता रकमलाई शंकास्पद कर्जामा वर्गीकरण गरी ५० प्रतिशत नोक्सानी व्यवस्था कायम गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.