add

गिरी ब्रदर्स अटोपाटर्सद्धारा ‘फ्रि सर्भिस क्याम्प’ आयोजना, अन्य सेवामा पनि बिशेष छुट






ActPro Nepal

|

२२ असोज, २०७८

|
638

काठमाडौं । गिरी ब्रदर्स अटोपाटर्सले आफ्नो ग्राहकहरुलाई दसैंको शुभकामनाका साथमा प्रत्यक्ष सेवा प्रदान गर्ने उद्देश्यले ‘फ्रि सर्भिस क्याम्प’ आयोजना गर्ने भएको छ । यही असोज २२ देखी असोज २५ गतेसम्म गिरी ब्रदर्स अटोपाटर्सले  ग्राहकलाई टीभीएसका बाइक स्कूटीमा  फ्रि सर्भिस दिन लागेको हो ।   

गिरी ब्रदर्स अटोपाटर्सले आफ्नो वर्कसप सानोभर्याङमा अशोज २५ गते सम्म  टीभीएस बाइक स्कूटीका सम्पूर्ण प्रकारका अटोभेहिकलमा फ्रि सर्भिसिंग हुने गिरी ब्रदर्स अटोपाटर्सका निर्देशक अजय  गिरीले जानकारी दिए ।  

उक्त अवधिभर  ग्राहकहरुले टीभीएसका जेन्यूइन स्पेयर पार्टसमा १० प्रतिशत छुट, ल्युब्रिकेट्समा १० प्रतिशत छुट तथा अन्य लेवर चार्ज र चेकअप मा सत प्रतिशत छुट प्राप्त साथै बिभिन्न प्रकारका आकर्षक गिफ्ट जित्न सक्नेछन् । टीभीएसका ग्राहकले उक्त सेवा लिन गिरी ब्रदर्स अटोपाटर्सको कार्यालय वर्कसप सानोभर्याङमा गइ सेवा लिन सक्ने निर्देशक गिरीले जानकारी दिए । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.