add

जगदम्बा मोटर्सले एनटर्कियन राइडको आयोजना गर्दै






ActPro Nepal

|

१५ असोज, २०७८

|
727

काठमाडौ । टिभियस मोटर कम्पनीको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्राइभेट लिमिटेडले आफ्नो एनटर्क परिवारमा ५० हजार सदस्यहरु पुगेको माइलस्टोनलाई मनाउनको लागि सबै एनटर्किएनको निम्ति एक सेलिब्रेसन राइडको आयोजन गरेको छ ।  

यो राइड असोज १६ गते नक्सालको टिभियस शोरुम देखि धुलिखेलको मिराबेल रिसर्ट होटल सम्म हुने छ । भेन्युमा पुगे लगत्तै लाइभ म्युजिक, मनोरन्जक खेलहरु र सहभागीहरु संग एक अन्तरक्रियात्मक सत्रको पनि आयोजना गरिएको छ । 

यो सेलिब्रेसनको मुख्य उद्देश्य भनेको सबै एनटर्किएनहरुलाई एकै ठाउँमा ल्याउने र एक एनटर्किएन क्लबको गठन गर्नु हो । यसले सबै राइडरहरुलाई एक अर्का संग जुड्नका लागी र आफ्नो एनटर्किएन अनुभव एक अर्कासँग बाडँ्न मद्दत गर्दछ । 

लाइसेन्स भएका सबै एनटर्किएनहरुले जगदम्बा मोटर्स टिभियसको आधिकारिक फेसबुक पेजको माध्यमबाट अनलाइन दर्ता गरेर यस सेलिब्रेसन राइडमा भाग लिन सक्नेछन्। यो राइड सबै सुरक्षा प्रोटोकलहरुलाई अप्नाएर आयोजना गरिदैछ । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.