add

दसैंका लागि आजदेखि सवारीसाधनको अग्रिम टिकट बुकिङ खुला,(कहाँ जान कति भाडा लाग्छ सूचिसहित)






ActPro Nepal

|

११ असोज, २०७८

|
664

काठमाडौं ।दशैँका लागि काठमाडौं उपत्यकाबाट बाहिरिनेहरुले आज (सोमबार) देखि अग्रिम टिकट बुकिङ गर्न पाउने भएका छन् । सरकारले आजदेखि लामोदूरीका सवारीसाधनको अग्रिम टिकट बुकिङ खुला गरेको हो ।

यातायात व्यवसायी, उपभोक्ता अधिकारकर्मी र ट्राफिक प्रहरीसँगको छलफलपछि आजदेखि लामो दूरी चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ खुला गरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।

गोंगबुस्थित नयाँ बसपार्कमा अग्रिम टिकट बुकिङका लागि टिकट काउन्टसमेत थप गरिएको छ । गोंगबुमा ११ काउण्टर थप गरिएको विभागले जनाएको छ। अब गोंगबुमा टिकट काउण्टर संख्या ३२ पुगेको छ ।

दशैँमा घर जानका लागि लामो तथा मध्यम दूरीका बसको अग्रिम टिकट बुकिङ खुला गरेसँगै नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउद्देश्यीय प्रालिले व्यवसायीको सहकार्यमा टिकट काउन्टर थप गरेको हो ।

ती काउन्टरहरुमा कम्प्युटर प्रणालीका माध्यमबाट यात्रुलाई बसको टिकट प्रदान गर्ने व्यववस्था गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए ।

‘अग्रिम टिकट बुकिङको सम्पूर्ण तयारी पूरा भएको छ,’ सिटौलाले भने, ‘सोमबार बिहान ७ बजेदेखि टिकट बुकिङ सुरु गरिने छ ।’

अनलाइनको माध्यमबाटसमेत टिकट बुकिङको व्यवस्था गरिएको विभागले जनाएको छ । सरकारले दशैँका लागि सवारी साधनको नयाँ भाडादरसमेत निर्धारण गरिसेको छ ।

 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.