add

दसैँमा घर घर जाँदै हुनुहुन्छ ? कहाँ पुग्न कति लाग्छ बस भाडा ? [सूचीसहित]






ActPro Nepal

|

८ असोज, २०७८

|
624

काठमाडौं ।  सरकारले नेपालीको महान पर्व दसैंका लागि असोज ११ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गरेको छ ।

यातायात व्यवस्था विभागले बिहीबार यातायात व्यवसायी, उपभोक्ता अधिकारकर्मी र ट्राफिक प्रहरीसँगको छलफलपछि असोज ११ गतेदेखि लामो दूरी चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरेको हो।

यस पटकका दशैंमा घर जानेहरुले बढेको महंगो भाडादर तिर्नुपर्ने भएको छ । तोकिएभन्दा बढी भाडा लिएर कारबाही हुने विभागले जनाएको छ ।

सरकारले गत असारदेखि सार्वजनिक सवारीको भाडा समायोजन गरेको छ। यात्रुवाहक सवारीको भाडा २८ प्रतिशतले बढाइएको भए पनि अन्तर प्रदेशको भाडा समायोजन लागू हुन सकेको छैन। तर, विभागले भने बढेको भाडादर नै कायम गरेर सूचना जारी गरेको छ ।

विभागले दुई वा सोभन्दा बढी प्रदेश भई सञ्चालन हुने (राष्ट्रिय स्तरका सार्वजनिक यातातात रुटमा सञ्चालन हुने) सार्वजनिक यात्रुबाहक सवारी साधनको भाडादर २८ प्रतिशतले वृद्धि गरेको छ ।

यस्तै पहाडमा चल्ने मालवाहक गाडीको भाडा २० प्रतिशत र तराईमा चल्ने मालवाहक गाडीको भाडा २६ प्रतिशतले बढेको छ ।

बढेको भाडा दर दुई वा दुईभन्दा धेरै प्रदेश भएर चल्ने लामो दुरीका गाडीमा लागू हुनेछ । प्रदेशभित्र चल्ने गाडीको भाडा प्रदेश सरकारले नै तोक्ने अधिकार पाएको छ ।

विभागले काठमाडौँदेखि नेपालगञ्जसम्मको नयाँ भाडादर १ हजार २८६ रुपैयाँ कायम गरेको छ । काठमाडौदेखि पोखराको लागि १ सय ९ रुपैयाँ भाडा बढाएको छ । विभागले साविकको भाडा ४ सय २८ रुपैयाँबाट ५ सय ३७ रुपैयाँ कायम गरेको हो ।

यस्तै, विभागले काठमाडौँदेखि भद्रपुरका लागि १ हजार १७२ रुपैयाँबाट १ हजार ४७० रुपैयाँ, काठमाडौँदेखि भैरहवाका लागि ५ सय ६१ रुपैयाँबाट ७ सय ४, काठमाडौँदेखि महेन्द्रनगरका लागि १ हजार ३३२ रुपैयाँबाट १ हजार ६७१ रुपैयाँ, काठमाडौँदेखि विरगंजका लागि ५ सय ४० रुपैयाँबाट ६ सय ७८ रुपैयाँ भाडादर कायम गरेको छ ।

विभागले तराईको लामो दुरी (२५० किलोमिटर भन्दा बढी) पक्की र ग्राभेल बाटोमा सञ्चालन हुने यात्रुबाहक बस, मिनिबसको लागि प्रति किलो मिटर प्रति व्यक्ति २ रुपैयाँ ४३ पैसा कायम गरेको छ ।

२५ किलोमिटरदेखि २५० किलोमटिटरसम्म दूरीका पक्की र ग्राभेल बाटोमा सञ्चालन हुने यात्रु बाहक बस, मिनिबसको लागि प्रति किलोमिटर प्रति व्यक्ति २ रुपैयाँ ४९ पैसा र काठमाडौँ–पोखरा र पोखरा–नारायणघाट खण्डको लासग प्रति व्यक्ति प्रति मिलोमिटर २ रुपैयाँ ६७ पैसा कायम गरेको छ ।

२०६९ सालपछि भाडा निर्धारणका अन्य सूचकलाई विगत २०७२ सालदेखि याथावत राखी इन्धनलाई मात्र आधार मानी भाडा समायोजन गरिँदै आएको थियो ।

२०७५ मा पनि बजारको अध्ययनबाट नगरी समग्रमा १० प्रतिशत भाडावृद्धि गरी समायोजन गरिएको थियो । विगत लामो समयदेखि बजार अध्ययन हुन नसकेकोले वैज्ञानिक भाडादर भने लागू हुन सकेको अवस्था थिएन ।

यस्ताे छ सूची




एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.